पछाडी जानुहोस्   

१. वृत्ति मार्गनिर्देशन (Career Guidance)

परिचय

कुनैपनि मानिसलाई जीवन निर्वाह गर्नकालागि कुनै न कुनै काम गर्नु पर्दछ । उक्त कामले नै उसको पहिचान निर्माण गर्दछ । कोही मानिस आफुले गरेको काममा निकै सफल हुन्छन् भने कोही असफल पनि हुनेगर्दछन र असफलतालाई आफ्नो भाग्यसँग जोडेर निराशपूर्ण जिवन बिताउन बाध्य हुन्छन ।  संसारका सफल मानिसहरूको जिवनलाई केलाएर हेर्ने हो भने ऊनीहरू सफल हुनुको एउटै कारण आफ्नो रुचि, खुबी र क्षमता अनुसारको वृत्ति (career) रोज्नु देखिन्छ । त्यसकारण यदि तपाईँ आफ्नो रुचि, खुबी र क्षमता पत्ता लगाई त्यस अनुसारको वृत्ति रोजी जीवनमा सफल हुनचाहनुहुन्छ भने यस वृत्ति मार्गनिर्देशन अनुसार अगाडि बढ्नुहोस् । यसले तपाईँलाई उपयुक्त हुने वृत्ति चयन गरी सफलता तर्फ डोर्‌याउन मार्गनिर्देशन गर्नेछ ।

उद्देश्यहरू

कुनै पनि व्यक्तिले आफ्नो रुचि, खुबी र क्षमता पत्ता लगाई वृत्ति छनोट गर्न सहयोग गर्ने |

-              वृत्तिसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने;

-              जागिर र वृत्तिको बिचमा फरक छुट्ट्याउन सहयोग गर्ने;

-              वृत्तिका चार सिद्धान्तको जानकारी प्रदान गर्ने;

-              वृत्ति पथको ज्ञान प्रदान गर्ने;

-              पाँच क्षमताको जानकारी प्रदान गर्ने;

-              आफ्नो रुचि र खुबीको लेखाजोखा गरी वास्तविक क्षमता पत्ता लगाउन सहयोग; र

-              आफ्नो क्षमतासँग मेल खाने वृत्ति रोज्न सहयोग पुर्याउने

वृत्ति र जागिर

आफ्नो सीप र क्षमताको प्रयोग गरी कुनै पनि नियमित आयमूलक क्रियाकलापबाट जीवनयापन गर्नु तथा समाजमा योगदान गर्दै सामाजिक पहिचान कायम गर्नु नै वृत्ति (career) हो । वृत्ति र जागिरलाई उस्तै उस्तै रुपमा लिइने भएपनि यी दुईको बिचमा भिन्नता छ। जागिर एउटा भूमिका मात्र हो र जुन पैसाको लागि गरिन्छ तर वृत्ति एउटा लक्ष्य सहितको लामो यात्रा हो । जसमा व्यक्तिले प्राप्त गर्नुपर्ने शिक्षा, निर्वाह गर्नुपर्न बिभिन्न भूमिका, अनुभव, र गन्तब्यमा पुग्ने स्पष्ट मार्गचित्र हुन्छ । जागिर वृत्तिको एउटा अंश मात्र हो । एउटै वृत्ति भित्र धेरै जागिर हुन सक्छन् । उदाहरणका लागि शिक्षक एउटा वृत्ति हो भने यसभित्र हुने गणित शिक्षक, विज्ञान शिक्षक, आधारभूत शिक्षक, माध्यमिक शिक्षक, प्राध्यापक, आदि जागिर हुन् ।वृत्तिकानिम्नानुसारका विशेषता हुन्छन:

ü वृत्ति चयनमा स्वतन्त्रता

ü व्यक्तित्व र वृत्तिको प्रकृतिमा तालमेल

ü विशेष तयारी

ü निरन्तर विकास

ü सामाजिक-व्यक्तिगत लाभ

क्र. सं.

जागिर

वृत्ति

१.

कुनैपनि आयआर्जन हुने काम जागिर हो । जागिर मानिसको क्षमता तथा योग्यता अनुरूप नहुनपनि सक्छ ।

मानिसको सिप र क्षमताको प्रयोग गरी नियमित आयआर्जन हुने काम वृत्ति हो ।

२.

जागिर सिमित हुन्छ ।

वृत्ति वृहत हुन्छ ।

३.

जागिर वृत्तिको एउटा अंश मात्र हो ।

एउटै वृत्ति भित्र धेरै जागिर हुन सक्छन् ।

४.

जागिर अरुकालागि गरिन्छ ।

वृत्ति आफ्नालागि गरिन्छ ।

५.

जागिरमा निश्चित उमेर पुगेपछि अवकास दिइन्छ ।

वृत्ति जिवन प्रयन्त चलिरहन्छ ।

६.

जागिरमा निरन्तर पेशागत विकास हुदैन् ।

वृत्तिमा निरन्तर पेशागत विकास भैरहन्छ ।

७.

जागिरमा मानिस करले काम गरिरहेको हुन्छ ।

वृत्तिमा मानिस आफ्नो जिउ ज्यान लगाएर प्रतिवद्धता पूर्वक काम गरिरहेको हुन्छ ।