पछाडी जानुहोस्   

६. रुची र खुबीको लेखाजोखा (Measurement of Interest and Aptitude)

वृत्ति विश्वास (Career Belief)

कुनैपनि व्यक्तिको वृत्ति प्रतिको धारणालाई नै वृत्ति विश्वास भनिन्छ । यो व्यक्तिको मनमा गढेर बसेको वृत्ति प्रतिको आस्था वा मनोवृत्ति हो । वृत्ति विश्वासमा व्यक्तिको सामाजिकआर्थिक अवस्था, सांस्कृतिक मूल्य मान्यता तथा पारिवारिक वातावरणको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वृत्ति विश्वासले केवल एउटा व्यक्तिको मात्र विश्वासलाई प्रतिनिधित्व नगरीकन उसको समग्र समुदायको विश्वासलाई समेत प्रतिनिधित्व गर्दछ । वृत्ति विश्वास एउटा समुदायबाट अर्को समुदाय र एउटा पिँढीबाट अर्को पिँढीमा सरिरहेको हुन्छ । यो सँधै विवेकयुक्त तथा तार्किक हुन्छ भन्ने हुदैन् । वृत्ति विश्वास व्यक्ति-व्यक्ति र समुदाय- समुदाय अनुसार फरक हुन सक्दछ । वृत्ति छनोट गर्दै गर्दा आफ्नो वृत्तिप्रति कस्तो विश्वास छ भन्ने कुराले निकै ठूलो भूमिका खेल्दछ । वृत्तिमा मानिस सफल वा असफल हुने कुरा उसको वृत्ति विश्वाससँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । त्यसकारण वृत्ति छनोट गर्दा वृत्ति प्रतिको आफ्नो विश्वास अध्ययन गर्नु आवश्यक छ ।

 

 

रुचिको लेखाजोखा (Measurement of Interest)

यदि तपाईँ वृत्ति खोजी गरिरहनु भएको छ भने तपाईँको रुचिको लेखाजोखा गरी आवश्यक मार्गनिर्देशन गर्नको लागि यहाँ स्ररिकृत प्र्श्नावलीको प्रयोग गरिएको छ । दिईएका पाँचओटा क्षमताका सबै १२ – १२ ओटा प्रश्नहरूको उत्तर दिनुहोस् । यो प्रश्नावलीको हरेक कथनमा १ देखी ४ सम्मका विकल्पहरू राखिएको छ आफूलाई उपयुक्त लाग्ने विकल्पमा चिनो लगाउनुहोस् । प्रत्येक क्षमतामा आएको कुल अंक जोडेर राख्नुहोस् । प्रश्नहरू एकदमै गहिरिएर पढ्नुहोस् अनिमात्र अंक प्रदान गर्नुहोस् । यो क्रियाकलापले तपाईँलाई के कुरामा रुचि छ भन्ने कुराको जानकारी प्रदान गर्दछ ।

Refer this to learn more.

 

खुबीको लेखाजोखा (Measurement of Aptitude)