पछाडी जानुहोस्

करियरको नाम (Career Name)

सामाजिक कार्यकर्ता (Social Worker)

P

(Primary Potential)

विवरण (Definition)

बेरोजगारी, गरीबी, असक्षमता, अपाङ्गता, दर्व्यसन, आपराधिक क्रियाकलाप, वैवाहिक समस्या जस्ता कारणले उब्जेका कठिनाइमा व्यक्ति, परिवार, समूह, समुदाय तथा संघसंस्थालाई आवश्यक सहयोग र मार्गनिर्देशन गर्ने, सेवाग्राहीको स्रोतसाधन तथा सेवामा पहुँच पु-याउन महत गर्ने व्यक्तिलाई सामाजिक कार्यकर्ता भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -घर परिवार र समाजलाई सहयोग गर्न, उनीहरूको समस्या पहिचान गर्न तथा कस्तो सहयोगले काम गर्छ भन्ने पत्ता लगाउनको लागि व्यक्ति, परिवार तथा समुदायको अन्तरवार्ता लिने

    -गाउँ, समाज तथा व्यक्तिको समस्या समाधान गर्न विभिन्न उपायहरूको खोजी गर्ने

    -बेरोजगारी, गरीबी, असक्षमता, विकलांगता, दुर्व्यसनी, आपराधिक

    क्रियाकलाप/व्यवहार, वैवाहिक समस्या तथा अन्य समस्याको कारणले उब्जेका विषयवस्तुहरूमाथि हस्तक्षेप गरी सेवागाहीलाई सहयोग गर्ने

    -सेवाग्राहीको सीप विकास गर्न, विकास र सोतसाधन तथा सेवाको माथिको पहुँच पून्याउनको लागि सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बढ्दो माग

    -रोजगारीको पर्याप्त अवसर

    -विभिन्न समुदायमा भिजेर काम गर्ने अवसर

    -जनसम्पर्क बढ्ने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (option 1)                         विकल्प २ (Option 2)

माध्यमिक शिक्षा परीक्षा                              कुनै पनि विषयमा दश जोड दुई

क्यारियर पथ (Career Path)

१. सामाजिक कार्य विषयमा डिप्लोमा                       १. सामाजिक कार्य विषयमा स्नातक

(३ वर्षे)

कार्य क्षेत्र (Working Area)

सरकारी, अर्धसरकारी, गैरसरकारी संघसंस्था, अस्पताल, पुनर्स्थापना गृह

क्यारियर विकास पथ (Career Developmment Path)

सामाजिक कार्यमा स्नातक, अनि                             सामाजिक कार्यमा स्नातकोत्तर

 स्नातकोत्तर

                                                                                 विकल्प १ मा भएको सबै र                                                                                       वरिष्ठ सामाजिक कार्यकर्ता                                             प्राध्यापक                                  

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २५,०००-३०,०००