पछाडी जानुहोस्

करियरको नाम (Career Name)

केरा खेती प्राविधिक (Banana Farming Technician)

PM

(Primary Potential)

विवरण (Definition)

केरा खेतीसम्बन्धी ज्ञान तथा सीप भएका, केरा खेती गर्न औजार, उपकरण र सामग्रीको प्रयोग गरी उच्च गुणस्तरको केरा खेती गर्ने र यसलाई व्यावसायिक रूपमा लैजाने व्यक्ति केरा खेती प्राविधिक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -केरा खेती गर्न चाहिने विभिन्न औजार, उपकरण, सामग्री तथा विधि 

    पहिचान गरी सोबारे ज्ञान लिने

    -केरा खेतीको लागि उपयुक्त जग्गा तथा मल तयार गर्ने 

    -आवश्यक औजार, उपकरण र सामग्री व्यवस्थित गरी राख्ने 

    - केराको बोटमा लाग्ने रोग तथा किराहरूको व्यवस्थापन गर्ने 

    - बाली भित्राएर बजारीकरण गरी केरा खेतीको व्यावसायिकताको विकास गर्न

महत्व र फाइदाहरू (Importance and advantages)

    -नेपालको हावापानी केरा खेती योग्य भएकोले सहज

    - बजारमा बढ्दो माग 

    - रोजगारीको अवसर 

    - आफ्नै व्यवसाय गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प  (Option )

 

साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. केरा खेतीसम्बन्धी तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

खेतबारी (फार्म), केरा भण्डारण स्थल वा पसल, केराबाट अन्य सामग्री बनाउने 

उद्योग, केराका परिकार बनाउने रेस्टुरेन्टहरू

क्यारियर विकास पथ (Career Developmment Path)

-केरा खेती व्यवसायी

-केराका विभिन्न परिकार वा खाद्यान्न उत्पादक व्यवसायी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २५,०००-३०,०००