पछाडी जानुहोस्

करियरको नाम (Career Name)

कुक (Cook)

PM

(Primary Potential)

विवरण (Definition)

होटल, रेस्टुरेन्ट र अरू खाने ठाउँहरूमा सेफको निर्देशन अनुसार खाना पकाउने, तयार गर्ने, संगठित गर्ने र योजना बनाउने काम गर्ने व्यक्ति कुक हुन् । यिनलाई विभिन्न प्रकारका परिकारहरू तयार गर्न आउँदछ । यिनीहरू खानेकुराको स्वाद, मात्रा र कुन कुरामा के मिसाएर कस्तो स्वाद बनाउन सकिन्छ भन्ने कुरामा पोख्त हुन्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -सदैव सफासुग्घर रही काम गर्ने

    - काम गर्ने ठाउँ, पकाउन उपयोग हुने भाँडा तथा अन्य सरसामान सफा एवं 

    मिलाएर राख्ने 

    - आवश्यक खाद्यसामग्रीको पहिचान गर्ने र उपलब्ध सामग्री प्रशोधन गरी 

    भण्डारण गर्ने 

    - मुख्य भोजनभन्दा पहिले खाइने खाद्यपदार्थ (स्टार्टर), चटनी तथा सूपहरू र 

    सूप तयार गर्न चाहिने सामग्री (जस्तै, चिली÷गार्लिक पेष्ट, चिली भिनेगर, 

    स्विट एण्ड सावर सस, हट गार्लिक सस, जिन्जर सस, मन्चुरियन सस, 

    लेमन सस, हट एण्ड सावर सूप, वान्टन सूप, नुडल्स सूप) बनाउने 

    - फलदार पेस्ट्री, चामल तथा चाउचाउको परिकार जस्तै, कोथे, फ्राइड 

    वानटन, मःमः, स्टीम राइस, फ्राइड राइस, चप्सी, मिक्स् भेजिटेबल, 

    चाउमिन आदि बनाउने 

    ह तरकारीका परिकार जस्तै, मन्चुरियन, मिक्स भेजिटेबल, मफुतफु, फ्राइ 

    भेजिटेबल, पाक्चो आदि बनाउन

महत्व र फाइदाहरू (Importance and advantages)

    -होटल व्यवसायको विकाससँगै कुकको मागमा वृद्धि

    - आफ्नै व्यवसाय गर्न सकिने

    - आधारभूत तालीमपछि विभिन्न प्रकारका परिकारमा दक्षता

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प  (Option )

 

साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. कुकसम्बन्धी तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

रेस्टुरेन्ट, होटल

क्यारियर विकास पथ (Career Developmment Path)

-कुकसम्बन्धी तह २ को तालीम लिएर 

सो अनुसारको काम

- वरिष्ठ कुक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १२,०००-२०,०००