पछाडी जानुहोस्

करियरको नाम (Career Name)

सहायक नर्स मिडवाइ्फ. अनमी (Auxiliary Nurse Midwife)

P

(Primary Potential)

विवरण (Definition)

ग्रामीण स्तरमा स्वास्थ्य चौकीमार्फत बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी अवस्थाका महिलाहरूको आधारभूत नर्सिङ हेरचाह गर्ने, विभिन्न रोगहरूको रोकथाम र बचाव तथा पुनस्र्थापना कार्यमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति सहायक नर्स मिडवाइफ (अनमी) हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -चिकित्सकहरूको निर्देशन तथा आदेश पालन गर्ने

    -स्वास्थ्य सेवा पु-याउने स्थलमा बिरामीहरूको भर्ना र डिस्चार्ज गर्ने जिम्मेवारी लिने

    -बिरामीहरूका आहार जाँच गर्ने र आवश्यक परे बिरामीहरूलाई परिस्थिति अनुसार खुवाउने

    -बिरामी तथा बिरामीका क्रुवाहरूलाई परामर्श दिने

    -साधारण डेलिभरी सञ्चालन तथा व्यवस्थित गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -देशभर प्राथमिक स्वास्थ्य सेवाको सुविधा दिने सरकारी नीतिअन्तर्गत अनमी एक प्रमुख जनशक्ति

    -देशको शिशु मृत्युदर घटाउन तथा जनस्वास्थ्यको उत्थानमा योगदान

    -रोजगारीको अवसर

    -चिकित्सकहरूसँग काम गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

सहायक नर्स मिडवाइफ (अनमी) मा प्राविधिक एसएलसी (१८ महिना)

कार्य क्षेत्र (Working Area)

अस्पताल, स्वास्थ्य केन्द्र, विद्यालय र कलेजहरू

क्यारियर विकास पथ (Career Developmment Path)

नर्सिङमा डिप्लोमा (३ वर्ष), स्नातक अनि स्नातकोत्तर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १५,०००-२०,०००