पछाडी जानुहोस्

करियरको नाम (Career Name)

इन्डस्ट्रियल इलेक्ट्रिसियन (Industrial Electrician)

PM

(Primary Potential)

विवरण (Definition)

औद्योगिक क्षेत्रमा बिजुलीसम्बन्धी काम गर्ने अर्थात् विभिन्न किसिमका कलकारखाना तथा उद्योग सञ्चालनमा आवश्यक वायरिङ गरी मेसिन सञ्चालनका लागि विद्युत् आपूर्तिको व्यवस्था मिलाउने र उद्योगभित्र प्रकाशका लागि चाहिने विद्युत्को व्यवस्थापन गर्ने व्यक्तिलाई इन्डस्ट्रियल इलेक्ट्रिसियन भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -विद्युतिय नक्शाचित्र अध्ययन गर्ने र सामान्य चित्र बनाउने

    - विद्युतिय सङ्केतबारे आवश्यक ज्ञान राख्ने 

    - काठको लिस्टी, पाइप प्रयोग गरी सतही वायरिङ गर्ने 

    - १५ एचपीसम्मको विद्युतिय मोटरहरू जडान गर्ने 

    - ५०० के भीए/११ के भीएसम्मको पावर ट्रान्सफर्मर जोड्ने 

    - सिङ्गल फेज, थ्रिफेज, एसी÷डिसी मोटर तथा नियन्त्रण र सञ्चालन गर्ने 

    उपकरण जोड्ने ।

    - अर्थिङ संयन्त्र जडान गर्ने 

    - विभिन्न सञ्चालन संयन्त्रको एकआपसमा कनेक्सन (जोड्ने काम) गर्ने 

    - इन्डष्ट्रियल इलेक्ट्रिसियन पेशाअन्तर्गत अपनाउनु पर्ने पेशागत स्वास्थ्य र 

    सुरक्षा सावधानी अपनाउन

महत्व र फाइदाहरू (Importance and advantages)

    -कामको प्रबल सम्भावना

    - आधुनिक तरिकाले विद्युत् जडान तथा मर्मतसम्बन्धी काम गर्न पाइने

    - उद्योगतिर राम्रो चिनजान र सम्बन्ध हुने

    - विभिन्न स्थानमा जाने पाउन

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प  (Option )

कक्षा ५

क्यारियर पथ (Career Path)

१. इन्डस्ट्रियल इलेक्ट्रिसियनको ३९० घण्टाको तालीम

कार्य क्षेत्र (Working Area)

कलकारखाना, उद्योग, संस्था

क्यारियर विकास पथ (Career Developmment Path)

-टेक्निसियन

- प्रशिक्षक

- वायरिङसम्बन्धी ठेकेदार

- वायरिङसम्बन्धी व्यवसाय

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००