पछाडी जानुहोस्

करियरको नाम (Career Name)

रिसेप्सनिस्ट तथा क्यासियर (Receptionist cum Cashier)

P

(Primary Potential)

विवरण (Definition)

होटल, कार्यालय तथा अस्पतालमा आएका मानिसहरूलाई स्वागत तथा सहयोग गर्ने र टेलिफोनमा जवाफ दिने काम गर्ने व्यक्ति रिसेप्सनिस्ट हुन् । क्यासियरले नगद व्यवस्थापन तथा रसिदहरूको रेकर्ड कायम गर्ने काम गर्छन् | रिसेप्सनिस्ट साथै क्यासियरले यी दुवै पेशाको जिम्मेवारी लिएर काम गर्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -कार्यालयमा आउने फोन उठाउने, सम्बन्धित व्यक्ति वा विभागमा फोनटान्सफर गर्ने

    -कार्यालयमा आउने व्यक्तिहरूलाई अभिवादन गर्ने, उनीहरूले खोजेको गन्तव्यमा पुग्न सहयोग गर्ने

    -कार्यालयबाट/मा कर्मचारी काजमा आए गएकोबारे जानकारी राख्ने

    -सामान्य प्रशासनिक कार्यमा सहयोग गर्ने

    -कार्यालयको सामानको रेखदेख गर्ने

    -नगद व्यवस्थापन तथा रसिदको रेकर्ड कायम गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -होटल व्यवसायको विकाससँगै यसको बढदो माग

    -रोजगारीको अवस्था रहेको जनसम्पर्क बढने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

-सेक्रेटेरियल विषयमा प्राविधिक एसएलसी (१८ महिना)

-कक्षा ८ सम्म शैक्षिक योग्यता भएकाले तह २ सम्मको व्यावसायिक

तालीम लिन सक्ने

कार्य क्षेत्र (Working Area)

ट्राभल एजेन्सी, निजी कार्यालय तथा सार्वजनिक कार्यालय, गैरसरकारी संस्था

क्यारियर विकास पथ (Career Developmment Path)

सुपरभाइजर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १८,०००-२५,०००