करियरको नाम (Career Name)
मनोविद् (Psychologist)
P
(Primary Potential)
विवरण (Definition)
मनोविज्ञान विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा व्यक्ति एक्लै हुँदाको व्यवहार वा समूहको व्यवहार र मानसिक पक्रियामा अनुसन्धान तथा अध्ययन गर्ने व्यक्ति मनोविद् हुन् । यिनीहरू आफ्नो प्राप्त ज्ञानलाई व्यक्तिको व्यक्तिगत, सामाजिक, शैक्षिक र पेशागत समायोजना तथा विकासलाई बढावा दिनका लागि प्रयोग गर्छन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-व्यक्तिको सोच तथा व्यवहारमा वंशानुगत कारण, वातावरण तथा सामाजिक तत्वले के कति प्रभाव पारेको छ त्यसको विश्लेषण गर्ने
-मानसिक तथा भावनात्मक समस्यामा मनोवैज्ञानिक तत्वबारे अध्ययन गर्ने, समस्या पहिचान गर्ने
-मानव व्यवहारसम्बन्धी मनोवैज्ञानिक पक्षको अध्ययन गर्ने
-इन्टेलिजेन्स टेस्ट, एप्टिच्युट टेस्ट जस्ता व्यक्तित्व जाँच गर्ने परीक्षणको लागि योजना बनाउने र परीक्षण गर्ने
गरिएको परीक्षणको अध्ययन गरी व्याख्या गर्ने
-मनोविमर्श तथा अन्य साइकोथेरापी प्रदान गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-समाजमा बढ्दो माग
-मानिसको मानसिक स्वास्थ्य उत्थानमा योगदान
-मानव व्यवहारबारेको विषय हुँदा रूचिकर हुने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (option 1) विकल्प २ (Option 2) मनोविज्ञान वा चिकित्सा, नर्सिङ, विज्ञान वा मनोविज्ञान संकायले मान्यता दिएका अन्य संकायमा स्नातक |
|
क्यारियर पथ (Career Path) |
१. मनोविज्ञानमा स्नातकोत्तर १. साइकोसोसल काउन्सेलिङको एक वर्षे पीजीडी (post graduate diploma) २. मनोविज्ञानमा स्नातकोत्तर |
|
कार्य क्षेत्र (Working Area) | अस्पताल, विद्यालय, सेवा पदायक केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
सनोविज्ञानका विविध शाखामा प्राध्यापक विशिष्टता प्राप्त गर्न सकिने वरिष्ठ मनौविद् अनुसन्धानकर्ता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. ३५,००० -५०,००० |