पछाडी जानुहोस्

करियरको नाम (Career Name)

विद्युतीय इन्जिनियर (Electrical Engineer)

PM

(Primary Potential)

विवरण (Definition)

विद्युतीय उपकरण, प्रणाली र संयन्त्र निर्माण र डिजाइन गर्ने, तिनको मर्मतसम्भार गर्न, विद्युतीय संयन्त्र वा मेसिन सञ्चालन वा व्यवस्थित गर्न निर्देशन दिने व्यक्ति विद्युतीय इन्जिनियर हुन् । यिनीहरू ती प्रणाली, उपकरण, आदिबारे अनुसन्धान पनि गर्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -बिजुली उत्पादन, प्रसारण र वितरण गर्ने पावर स्टेसनको डिजाइन गर्ने तथा 

    सञ्चालन कार्यमा सल्लाह दिने 

    -बिजुली उत्पादन, प्रसारण र वितरण गर्ने प्रणालीलाई निरीक्षण, नियन्त्रण र 

    अनुगमन गर्ने 

    - विद्युतीय मोटर, उपकरण, आदिका प्रणाली डिजाइन गर्ने 

    - अवस्थित बिजुली प्रणाली, मोटर, आदिको व्यवस्था तथा मर्मत गर्न सल्लाह दिन

महत्व र फाइदाहरू (Importance and advantages)

    -देशभर बिजुली उत्पादन, प्रसारण र वितरण गर्न कार्यमा योगदान

    -रोजगारीको सम्भावना

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प २ (Option 2)

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प ३ (Option 3)

 

भौतिकविज्ञान लिएर दश जोड दुई

क्यारियर पथ (Career Path)

विकल्प १ (Option 1)

१. इलेक्ट्रिकल 

इन्जिनियरिङमा प्राविधिक 

एसएलसी (१८ महिना) 

२. इलेक्ट्रिकल 

इन्जिनियरिङमा डिप्लोमा 

(३ वर्षे) – सबइन्जिनियर 

३. इलेक्ट्रिकल 

इन्जिनियरिङमा स्नातक 

 

विकल्प २ (Option 2)

१. इलेक्ट्रिकल 

इन्जिनियरिङमा 

डिप्लोमा (३ वर्ष) – 

सबइन्जिनियर

२. इलेक्ट्रिकल 

इन्जिनियरिङमा 

स्नातक 

 

विकल्प ३ (Option 3)

 

१. इलेक्ट्रिकल 

इन्जिनियरिङमा 

स्नातक

कार्य क्षेत्र (Working Area)

बिजुली उर्जा उत्पादन केन्द्र, विद्युत् उद्योग, विद्युतीय यन्त्र उत्पादन कम्पनी र पसल

क्यारियर विकास पथ (Career Developmment Path)

-इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर 

- वरिष्ठ इन्जिनियर

- प्रशिक्षक

- प्राध्यापक

- अनुसन्धानकत

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २५,०००-३५,०००