पछाडी जानुहोस्

करियरको नाम (Career Name)

वन विज्ञ (Forester)

PM

(Primary Potential)

विवरण (Definition)

वन व्यवस्थापन, माटो संरक्षण तथा जल विभाजन व्यवस्थापन, वन्यजन्तु तथा संरक्षित क्षेत्र व्यवस्थापन आदि कार्य गर्ने पेशागत व्यक्ति वनविज्ञ हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -वृक्षारोपण कार्यलाई बढावा दिई वनजंगल क्षेत्रको स्याहार सुसार गर्ने

    - वनपैदावारको बजारीकरण तथा पैठारी गर्ने 

    - वन्यजन्तु, पर्यावरण संरक्षण, स्याहार, व्यवस्थापन जस्ता वनसँग सम्बन्धित 

    हरेक कुरामा सहभागी हुने 

    - वन कटानीलाई व्यवस्थित गर्ने, कटान गरिएका रुखबाट टिम्बर तथा अन्य 

    वनजन्य सामग्री बनाउने काममा निर्देशन तथा निरीक्षण गर्ने र बजारीकरण 

    गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -प्राकृतिक परिवेशमा काम गर्ने अवसर

    - प्राकृतिक संरक्षणमा योगदान 

    - रोजगारीको पर्याप्त अवसर

    - प्राकृतिक क्षेत्रसँग सम्बन्धित अन्य विषयहरूमा समेत ज्ञान तथा सीप हासिल 

    गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प २ (Option 2)

जीवविज्ञानमा दश जोड दुई

क्यारियर पथ (Career Path)

१. वनविज्ञान विषयमा डिप्लोमा (३ वर्ष) 

२. वनविज्ञानमा स्नातक

 

वा

 

१. वनविज्ञान विषयमा स्नातक

कार्य क्षेत्र (Working Area)

सामुदायिक वन विकास केन्द्र, वन विभाग, वन्यजन्तु संरक्षण केन्द्र

क्यारियर विकास पथ (Career Developmment Path)

-वनविज्ञान विषयमा स्नातकोत्तर

-वरिष्ठ वनविज्ञ

-अनुसन्धानकर्ता

-प्राध्यापक

-वन्यजन्तु विशेषज्ञ

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २५,०००-३५,०००