पछाडी जानुहोस्

करियरको नाम (Career Name)

यान्त्रिक इन्जिनियर (Mechanical Engineer)

PM

(Primary Potential)

विवरण (Definition)

विविध यन्त्रहरू जस्तै, हवाइजहाज, पानीजहाज, औद्योगिक प्लान्ट, उपकरण र संयन्त्रहरूको डिजाइन गर्ने तथा तिनको निर्माणको लागि, यान्त्रिक इन्जिनियरिङसम्बन्धी खास सामग्री उत्पादन तथा सोको प्रक्रियाको अध्ययन र सोसम्बन्धी सर–सल्लाह दिने व्यक्ति यान्त्रिक इन्जिनियर हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -फ्याक्ट्रीमा भएका मेसिन तथा यन्त्रहरूले राम्रोसँग काम गरेको छ वा छैन 

    त्यसको निरीक्षण गर्ने 

    -औद्योगिक इन्जिनियर जस्ता अरू इन्जिनियरहरूसँग मिलेर फ्याक्ट्री तथा 

    उद्योगमा मेसिन प्रतिष्ठापन गर्नेबारेमा योजना बनाउने

    -नयाँ मेशिनको डिजाइन गर्ने

    -यान्त्रिक निर्माणसँग सम्बन्धित हरेक क्रियाकलापको सुपरिवेक्षण तथा 

    निरीक्षण गर्ने

    -यन्त्रको मर्मतसम्भार कार्यलाई नियमितता दिने प्रणालीको विकास गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आधुनिक समाजमा प्रविधिको विकाससँगै यान्त्रिक इन्जिनियरको बढ्दो माग

    -रोजगारीको पर्याप्त अवसर

    -आफ्नै लगानीमा मेकानिकल क्षेत्रसँग सम्बन्धित व्यवसाय गर्न सकिने

    -यन्त्रसम्बन्धी आधुनिक प्रविधिमा दखल भइरहन

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प २(Option 2)

 

भौतिकविज्ञानमा दश जोड दुई

क्यारियर पथ (Career Path)

विकल्प १ (Option 1)

१. मेकानिकल 

इन्जिनियरिङमा 

प्राविधिक एसएलसी 

(१८ महिना)

२. डिप्लोमा (३ वर्ष) – 

सबइन्जिनियर

३. स्नातक

 

विकल्प २(Option 2)

 

१. मेकानिकल 

इन्जिनियरिङमा 

डिप्लोमा (३ वर्ष) – 

सबइन्जिनियर

२. स्नातक

 

विकल्प ३ (Option 3)

१. मेकानिकल 

इन्जिनियरिङमा 

स्नातक

कार्य क्षेत्र (Working Area)

उद्योग, फ्याक्ट्री, सोलार फ्याक्ट्री, औद्योगिक क्षेत्र

क्यारियर विकास पथ (Career Developmment Path)

- मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर

- प्रशिक्षक

- यन्त्रशाला सञ्चालक

- प्राध्यापक 

- वरिष्ठ इन्जिनियर

- अनुसन्धानकता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,००० -३०,०००