करियरको नाम (Career Name)
बिक्री तथा बजार व्यवस्थापक (Sales and Marketing Manager)
P
(Primary Potential)
विवरण (Definition)
व्यवस्थापन विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरी, कम्पनीको उत्पादनलाई बजार तथा अन्तिम उपभोक्ता समक्ष पुराउनका लागि योजना तयार गर्ने, समन्वय गर्ने र व्यवस्थापन गर्ने कार्य गर्ने व्यक्ति बिक्री तथा बजार प्रबन्धक÷व्यवस्थापक हो ।
प्रमुख कार्यहरू (Major Tasks)
-उत्पादित वस्तुको बिक्री तथा वितरणको यौजना बनाउने
-सम्बन्धित वस्तुको उपभोग्य बजारको विश्लेषण गर्ने
-थोक तथा फुटकर उपभोक्ताहरूको रोष्टर तयार गरी माग संकलन गर्ने
-संकलित मागका आधारमा सामान आपूर्ति गर्ने र उपभोक्तासम्म पु-याउने माध्यम तय गर्ने
-थप बजार बिस्तार गर्न बजार प्रतिनिधिहरू मनोनयन गर्ने
-बिक्रीको अवस्था र पृष्ठपोषणमा आधारित भई थप उत्पादन र बजार माग कम्पनीलाई जानकारी गराउने
महत्व र फाइदाहरू (Importance and advantages)
-व्यवस्थापन क्षेत्रको विकाससँगै बिक्री तथा बजार व्यवस्थापकको बढ्दो माग
-रोजगारीको अवसर
-विभिन्न मानिसहरूसँग सम्पर्क
-पुरै आंशिक रूपमा काम गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) व्यवस्थापनमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
बजारशास्त्र लिई व्यवस्थापनमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | फूटकर बजार, थोक बजार, उत्पादन तथा सैवाषदायक उद्योग एवं संस्था, शैक्षिक तथा वित्तीय संस्थान |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
व्यवस्थापनमा स्नातकोत्तर वरिष्ठ बजार व्यवस्थापक अनुसन्धानकर्ता सल्लाहकार |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | २५,०००-३५,००० |