पछाडी जानुहोस्

करियरको नाम (Career Name)

भान्से (Cook)

PM

(Primary Potential)

विवरण (Definition)

 होटल तथा केटरिङ उद्योगको खाद्य उत्पादन सामग्रीसम्बन्धी आवश्यक ज्ञान,  सीप भएका, पाककलाका दक्ष व्यक्तिलाई भान्से भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -खाद्य वस्तुहरू र तिनको उपयोग बुझ्ने 

    -विभिन्न महादेशका परिकारहरूबारे बुभ्mने र ती परिकार तयार गर्ने 

    -खाद्य सरसफाई तथा सुरक्षाबारे काम गर्ने

    -खाद्य वस्तुहरू तथा तिनको पोषणहरूबारे बयान गर्ने

    -पूर्वीय – oriental परिकारहरू तयार गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -होटल व्यवसायको विकाससँगै पाककला जान्ने व्यक्तिहरूको माग बढी

    -रोजगारीको पर्याप्त अवसर

    -थोरै लगानीमा नै आफ्नो व्यवसाय गर्न सकिने

    -परिवार नै संलग्न हुन सक्न

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

१. पाककला – Culinary Art मा प्राविधिक एसएलसी (१८ महिना)

कार्य क्षेत्र (Working Area)

होटल, केटरिङ कम्पनी

क्यारियर विकास पथ (Career Developmment Path)

-प्रशिक्षक 

-क्याटरिङसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,००० -२०,०००