पछाडी जानुहोस्

करियरको नाम (Career Name)

नर्स (Nurse)

P

(Primary Potential)

विवरण (Definition)

नर्सिङ केयरको आवश्यकता भएका बालबालिका, वृद्धवृद्धा, अशक्त, रोग तथा चोटको कारणले बिरामी भएका व्यक्तिहरूलाई सेवा र हेरविचार गर्ने, उपचारमा मद्दत गर्ने दक्ष र तालीमप्राप्त व्यक्ति नर्स हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -आधुनिक नर्सिङ तथा अभ्यासको मापदण्ड अनुसार बिरामीको लागि नर्सिङ कंयरको योजना बनाउने, सेवा प्रदान गर्ने र त्यसको मूल्यांकन गर्ने

    -बिरामीको घाउ सफा गर्ने, सर्जिकल ड्रेसिङ गर्ने र पट्टी लगाई दिने

    -बिरामी र उनीहरूका परिवारलाई उपचार र हेरविचारको बारेमा जानकारी दिने

    -बिरामीहरूको हेरविचारको लागि अन्य स्वास्थ्यकर्मीसँग सरसल्लाह गरी

    आवश्यक समन्वय गर्ने

    -बिरामीहरूको शारीरिक, सामाजिक र मनोवैज्ञानिक उपचारको लागि हेरविचारका योजना बनाउने र तिनको कार्यान्वयन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बजारमा बढ्दो माग

    -स्वास्थ्य क्षेत्रको काम

    -सम्मानजनक कार्य

    -वैदेशिक रोजगारको समेत अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)                                 विकल्प २ (option 2)

 माध्यमिक शिक्षा परीक्षा                                   विज्ञानमा दश जोड दुई

क्यारियर पथ (Career Path)

१.नर्सिङमा डिप्लोमा                                   १. नर्सिङमा स्नातक

कार्य क्षेत्र (Working Area)

क्लिनिक, निजी तथा सामुदायिक अस्पताल, जनस्वास्थ्य कार्यालय, विद्यालय र कलेज, सरकारी वा गैरसरकारी परियोजना

क्यारियर विकास पथ (Career Developmment Path)

नर्सिङमा स्नातक अनि स्नातकोत्तर                नर्सिङमा स्नातकोत्तर

सिनियर नर्स                                                प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १८,०००-२५,०००