पछाडी जानुहोस्

करियरको नाम (Career Name)

दन्तचिकित्सक (Dentist)

P

(Primary Potential)

विवरण (Definition)

परिभाषा दाँत, मुख, गिजाको स्थिति जाँच गर्ने, यी अङ्गमा लाग्ने रोग पहिल्याउने, त्यसको उपचार गर्ने, तिनमा विभिन्न रोग, चोट लाग्नबाट बचाउने कार्य गर्ने व्यक्ति दन्तचिकित्सक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    •     डेन्टल इन्जिन र अरू समगीहरूको प्रयोग गरी दाँत तथा दाँतको र क्याभिटीको सरसफाई गर्ने

    •     दाँतको रोग पत्ता लगाउन त्यसको नतिजाको परीक्षण गर्ने

    •     दाँतमा सिमेन्ट, धातु वा प्लाष्टिक भर्ने

    •     सामान्य बेहोसीको औषधिको प्रयोग गरी आवश्यकता अनुसार मुखको सर्जरीको तयारी गर्ने

    •     भाँच्चिन लागेका, कृहिएका दाँतहरूलाई सर्जिकल सामानको प्रयोग गरी दाँत निकाल्ने

    •     कृत्रिम दाँत बनाउने

    •       बिरामीलाई दाँतसम्बन्धी सल्लाह दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    -मुखको स्वास्थ्य (ओरल हेल्थ)को विकाससँगै दन्तचिकित्सकको बढ्दो माग

    -आफ्नै क्लिनिक खोल्न सकिन

    -रोजगारीको पर्याप्त अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1             विकल्प २ (Option 2)             विकल्प 3 (Option 3)

 

विज्ञान विषयमा दश जोड           विज्ञान विषयमा दश जोड              विज्ञान विषयमा दश

क्यारियर पथ (Career Path)

१. डेन्टल विज्ञानमा डिप्लोमा         

(डेन्टल हाइजिन, ३ वर्षे)

२. डेन्टल हाइजिनिस्ट

(२ वर्षे)

 

१. डेन्टल प्रयोगशाला

प्रविधिमा डिप्लोमा

(३ वर्षे)

२. डेन्टल चिकित्सकमा

स्नातक

 

१. डेन्टल सर्जरीमा

स्नातक

कार्य क्षेत्र (Working Area)

सरकारी तथा निजी अस्पताल, नर्सिङ होम/क्लिनिक, हेल्थ विभाग, मेडिकल कलेज

क्यारियर विकास पथ (Career Developmment Path)

-डेन्टल सर्जरीमा  स्नातकोत्तर

- वरिष्ठ दन्तचिकित्सक                                                      

-प्राध्यापक       

-अनुसन्धानकर्ता                                               

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु ४०,०००-५०,०००