पछाडी जानुहोस्

करियरको नाम (Career Name)

हाते कटाइ - बुट्टाभर्ने कामदार (Hand Embroider)

S

(Primary Potential)

विवरण (Definition)

कपडामा विविध रङ्गको धागोको सहायताले थरिथरिको बुटाभर्ने वा पत्थर,सितारा, टल्किने ऐना आदि जस्ता विविध कलात्मक वस्तु टाँस गरी वा अर्को कपडा जोडी थप बुटेदार र आकर्षक डिजाइन बनाउने व्यक्तिलाई हाते कढाई बुट्टाभर्ने कामदार भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -कपडामा बनाइने बुट्टाको रेखाचित्र कपडाको उपयुक्त ठाउँमा उतार्ने

    -बुट्टा भर्न सजिलो बनाउन फ्रेम अथवा रिङमा कपडालाई मिलाएर र

    तन्काएर राख्नै

    -एकैखाले आकृतिका बुट्टालाई श्रृडखलावद्व रूपमा कपडामा भर्ने

    -प्याचिङ, फेन्च नेट, सितारा भर्ने, पत्थर भर्ने, टल्किने वस्तु भर्ने

    -सामग्रीहरू कपडामा जोडिसकेपछि जोडने धागोलाई राम्ररी गाँठो पार्ने, बढी

    भएको धागौ तथा अन्य वस्तु हटाउने

    -कपडा इस्त्री गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको प्रशस्त अवसर

    -विदेशमा समेत हाते कढाई गरेको लुगाहरूको बढ्दो माग

    -स्वरोजगारमा जान सकिने

    -एकै ठाउँमा बसेर काम गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

कक्षा ५

क्यारियर पथ (Career Path)

१. हाते कढाइको आधारभूत तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

हाते कढाई उद्योग वा फ्याक्टी, फैशन हाउस, बुटिक

क्यारियर विकास पथ (Career Developmment Path)

-प्रशिक्षक

-हाते कढाइसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००- २५,०००