पछाडी जानुहोस्

करियरको नाम (Career Name)

बेकर (Baker)

S

(Primary Potential)

विवरण (Definition)

विशेष पद्धतीबाटबाट पाउरोटी, बिस्कूट, केक जस्ता खाद्य सामगीको उत्पादन गरी त्यसलाई आकर्षक रूपमा सिगार्ने सिंगनि व्यक्तिलाई बेकर भनिन्छ । आगोको प्रत्यक्ष लप्काबाट नभई सुख्खा तापबाट खाना पकाउनु भनेको बैक गर्नु हो | पाउरोटी, केक यहीँ विधिबाट ओभनमा बनाइन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -बेकिङको लागि सामग्री संकलन गर्ने

    -बेकिङ गर्नको लागि उपयोग हुने सामगीको गुणस्तर जाँच गर्ने

    -सामगीहरूको सही मिश्रण गरी ओभनको सहयोगबाट विभिन्न स्वादका केक, बिस्कुट, पाउरोटी बनाउने

    -केक, पाउरोटीमा विभिन्न डिजाइन गर्ने

    -बनाएको उत्पादनलाई उचित तरिकाले राख्ने र बिक्री वितरण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बेक गरेका उत्पादनहरूको खपत निकै भएकोले यो वृत्तिको बढ्दो माग

    -स्वरोजगारको अवसर

    -परिवार नै संलग्न हुन सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

कक्षा ८

क्यारियर पथ (Career Path)

१. बेकरीको आधारभूत तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

होटल, बेकरी पसल

क्यारियर विकास पथ (Career Developmment Path)

-प्रशिक्षक

-बेकरीसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००- २०,०००