पछाडी जानुहोस्

करियरको नाम (Career Name)

ब्युटिसियन/सौन्दर्यकर्मी (Beautician )

S

(Primary Potential)

विवरण (Definition)

श्रृङ्गारसम्बन्धी ज्ञान भएका, मोडेल, बेहुली वा आम मानिसहरूलाई सन्दर्भ अनुसारको सिंगारपटार निपुर्णतासाथ गर्ने व्यक्ति सौन्दर्यकर्मी भनेर चिनिन्छन्‌ । ब्युटिसियनसँग साधारण व्यक्तिलाई आकर्षक देखाउने सीप हुन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -ग्राहकको चाहना अनुरूप वा आफ्नो सीप र सिर्जनाको आधारमा सेवा प्रदान

    गर्ने

    -बेहुली, मोडेल, पार्टी स्टाइलमा कपालको श्रृङगार गर्ने; वेब, लेयर, स्यागी,कोरियन आदि स्टायलमा कपाल काट्ने

    -कपाललाई कलर गर्ने, हाइलाइट गर्ने, स्ट्रेट पार्ने, ब्लीच गर्ने

    -नक्कली कपाल (विग) लगाउने

    -कपाललाई विभिन्न रूपमा पर्मानेन्ट स्ट्रेट तथा घुमाउरो (कर्ली) पार्ने

    फेसियल सेवा प्रदान गर्ने

    -बेहुली, मोडेल, पार्टी स्टाइलमा अनुहारको मेकअप गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बजारमा बढ्दो माग

    -सदाबहार पेशा

    -सौन्दर्यसँग सम्बन्धित अन्य क्षेत्रमा व्यवसाय विस्तार गर्न सकिने

    - आंशिक समय पनि काम गर्न सकिने

    -ग्राहकको रूप परिवर्तनमा वा उसको सन्तुष्टिमा आत्मसन्तोष प्राप्त

    -विभिन्न व्यक्तिहरूसँगको सम्पर्क

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

साधारण लेखपढ

क्यारियर पथ (Career Path)

सहायक सौन्दर्यकर्मी तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

ब्युटीपार्लर, चलचित्र उद्योग, मोडलिङ उद्योग, टेलिभिजन प्रसारण केन्द्र

क्यारियर विकास पथ (Career Developmment Path)

-प्रशिक्षक

-कार्य अनुभवसहित अरू तहको सीप उत्तीर्ण गरी सोही अनुसारको कार्य

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००