पछाडी जानुहोस्

करियरको नाम (Career Name)

फोटोग्राफर (Photographer)

S

(Primary Potential)

विवरण (Definition)

कुनै एउटा वस्तुलाई कुन कोणबाट हेर्दा त्यसको रूप र आकृति कस्तो देखिन्छ भन्ने ज्ञान भएका तथा व्यक्ति, घटना, दृश्य, सामग्री, उत्पादन र अन्य विषयहरूलाई क्यामेराढ्वारा चित्रण गर्ने व्यक्तिलाई फोटोगाफर भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -विज्ञापन वा अन्य व्यापारिक, औद्योगिक वा वैज्ञानिक प्रयोजनको लागि फोटो खिच्ने

    -समाचार पत्र, पत्रिकाहरू र अन्य प्रकाशनमा कथा र लेखको लागि फोटो खिच्ने

    -व्यक्तिको र समूहको फोटोग्राफ लिने

    -फोटोग्राफीबाट छविहरू हेरफेर गर्न स्क्यानरमा अपडेट गर्ने

    -भएका तस्विरहरूलाई नयाँ डबिङ गरेर मल्टिमिडियाका लागि तयार पार्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आफूले गरेको कामको लामो समयसम्म अभिलेख रहिरहने

    -पूरा वा आंशिक दुवै समय काम गर्न सकिने

    -आफ्नै व्यवसाय सञ्चालन गर्न सकिने 

    -घटनाहरूलाई नजिकबाट हेर्ने अवसर

    -अरूलाई सुसूचित गर्ने अवसर

    -विभिन्न स्थानहरू भ्रमण गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

१. फोटोग्राफीमा आधारभूत तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

फेशन उद्योग, फोटो स्टुडियो, समारोह व्यवस्थापन कार्यालय

क्यारियर विकास पथ (Career Developmment Path)

-प्रशिक्षक

-फोटोगाफीसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २५,०००-३५,०००