पछाडी जानुहोस्

करियरको नाम (Career Name)

वास्तुकला इन्जिनियर (Architect)

S

(Primary Potential)

विवरण (Definition)

वास्तुकला इन्जिनियरिङमा कम्तिमा स्नातक गरेको तथा घर, कार्यालय या अन्य भवन निर्माण गर्नको लागि योजना र डिजाइन बनाउने, योजना कागजमा रेखाकंन गर्ने र तिनको समीक्षा गर्ने व्यक्तिलाई वास्तुकला इन्जिनियर भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -निर्माण गर्नुपर्ने संरचनाको डिजाइन गर्ने

    -निर्माणाधीन, पुनर्स्यापना भएका तथा पूराना भवनको संरक्षण गर्ने भवनहरूको नयाँ तरिकाले उपयोग गर्न डिजाइन तथा योजनाको विकास गर्ने

    -पुराना तथा जीर्ण भवन र अन्य संरचनाहरूको अध्ययन गर्ने र आवश्यक कार्यको लागि निर्देशन दिने तथा पहल गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आधुनिक र बलिया भवनको डिजाइन गर्ने अवसर

    - रोजगारीको प्रशस्त अवसर

    - विभिन्न ठाँउमा भ्रमणको अवसर

    -आफ्नै फर्म खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)                               विकल्प २ (Option 2)

 

माध्यमिक शिक्षा परीक्षा                             विज्ञान विषयमा दश जोड दुई

क्यारियर पथ (Career Path)

१. वास्तुकला इन्जिनियरिङमा डिप्लोमा                    १. वास्तुकला इन्जिनियरिङमा स्नातक

(३ वर्ष) - सबइन्जिनियर

२. वास्तुकला इन्जिनियरिङमा स्नातक

कार्य क्षेत्र (Working Area)

सरकारी तथा निजी संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय वास्तुकला कम्पनी, भवन

निर्माण कम्पनी

क्यारियर विकास पथ (Career Developmment Path)

-वास्तुकला इन्जिनियरिङमा                              -वरिष्ठ वास्तुकला इन्जिनियर

 

स्नातकोत्तर

-राष्ट्यि स्तरको योजना सल्लाहकार                         -प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) २५,०००-३५,०००