पछाडी जानुहोस्

करियरको नाम (Career Name)

फेसन डिजाइनर (Fashion Designer)

S

(Primary Potential)

विवरण (Definition)

धागोको गुणस्तर, प्रकार, रग, आकार र बनोटको ज्ञान भएका, समय, बजारको माग, मौसम, लक्षित समुदायलाई ध्यानमा राखी एक विशेष समयको सांस्कृतिक तथा सामाजिक प्रभाव झल्काउने किसिमको पहिरन र शैलीलाई आधार मानी विभिन्न किसिमका धागोको मद्दतले विविध किसिमको लुगाको डिजाइन गर्ने,सोही अनुसारको लुगा तयार गर्ने दक्ष व्यक्तिलाई फेसन डिजाइनर भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -सामाजिक-सांस्कृतिक परिवेश, मानिसहरूको जीवनशैली अध्ययन गर्ने

    -चलनचल्तीमा रहेका नयाँ पोशाकका डिजाइनहरू बनाउने

    -पोसाक लगाउँदा घाँटी, पाखुरा, नाडी, नितम्ब, हात, खुट्टा जस्ता शरीरका विभिन्न

    अङ्गहरू कस्ता देखिन्छन्‌ भनेर पेन्सिलले मानव शरीरको रेखाचित्र बनाउने

    -डिजाइनमा रङ्ग लगाई रङ्ग सम्मिश्रणको परीक्षण गर्ने

    -डिजाइन अनुसार नाप लिई कपडाको छनौट गरी कपडाको नमूना तयार गर्ने

    -नमूना अनुसार कपडालाई कटिङ गर्ने र सिउने

    -आवश्यक फिनिसिङ दिई बनेका डिनाइनदार कपडा प्रदर्शन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आधुनिकीकरणसँगै फेसन डिजाइनरको बढ्दो माग

    -रोजगारीको प्रशस्त अवसर

    -मानिसहरूको सामाजिक जीवनशैलीसँग नजिकिने अवसर

    -आफ्नै लगानीबाट व्यवसाय गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (option 1)                    विकल्प २ (Option 2)

माध्यमिक शिक्षा परीक्षा                            दश जोड दुई

क्यारियर पथ (Career Path)

१ फेसन डिजाइनिङमा डिप्लोमा (३ वर्ष)         १. फेसन डिजाइनिङ विषयमा स्नातक

कार्य क्षेत्र (Working Area)

बूटीक, सिलाइको पसल, चलचित्र, मोडलिङ तथा फेसन उद्योग, शैक्षिक संस्थान तथा तालीम केन्द्र

क्यारियर विकास पथ (Career Developmment Path)

फेसन डिजाइनिङमा स्नातक, अनि स्नातकोत्तर 

-उद्यमी 

-डिजाइनिङसम्बन्धी ठेकेदार 

-फेसन डिजाइनिङमा स्नातकोत्तर 

-प्राध्यापक 

-प्रशिक्षक

-वरिष्ठ फैसन डिजाइनर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. ३०,०००-५०,०००