पछाडी जानुहोस्

करियरको नाम (Career Name)

पुस्तकालय सन्चालक (Librarian)

L

(Primary Potential)

विवरण (Definition)

पारि भाषा पुस्तकहरू संग्रह गर्ने, अध्ययन स्थल व्यवस्थित गर्ने, पुस्तक वितरण कार्य सहज र व्यवस्थित गर्नको लागि विभिन्न प्रविधिको प्रयोग गर्ने, पुस्तकालयको सेवा गुणस्तरीय बनाउन त्यहाँको सेवाको संगठन, विकास तथा नियन्त्रण गर्ने र पाठकहरूको लागि समसामायिक जानकारी प्रदान गर्ने व्यक्तिलाई पुस्तकालय सञ्चालक भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    • पुस्तकको चयनको मापदण्डबारे जानकारी राख्ने
    • आवधिक प्रकाशन, आवश्यक सामगी र उपकरणको बारेमा जानकारी राख्ने
    • पुस्तकहरूको प्रक्रियागत रूपमा दर्ता गर्ने, विषयवस्तु अनुसार वर्गीकरण गरी हरेक पुस्तकलाई क्रमबद्ध रूपले नम्बर दिने
    • हजारौं पुस्तकहरूमध्ये आवश्यक पुस्तक तुरुन्त प्राप्त गर्ने सकियोस्‌ भन्नाका लागि पुस्तक तथा अध्ययन सामगीको उचित व्यवस्थापनको प्रविधि विकसित गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • पुस्तकबारेको ज्ञान बढ्ने
    • विविध भाषा र विषयका पुस्तकमा कार्य गर्ने अवसर
    • एउटै थलोमा काम
    • विभिन्न व्यक्तिहरूसँगको सम्पर्क बढ्ने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option): कनै विषयमा स्नातक उत्तीर्ण

क्यारियर पथ (Career Path)

१. लाइबेरी एण्ड इन्फरमेशन विज्ञानमा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

स्कूल, कलेज, निजी र सार्वजनिक पुस्तकालयहरू

क्यारियर विकास पथ (Career Developmment Path)

वरिष्ठ पुस्तकालय सञ्चालक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २०,००० देखि २५,०००