पछाडी जानुहोस्

करियरको नाम (Career Name)

पुरातत्वविद्‌ (Archaeologist)

L

(Primary Potential)

विवरण (Definition)

पुरातत्वविद्‌ को रूचि मानव संस्कृति पहिले कस्तो थियो भन्ने करामा हुन्छ |भौतिक अवशेषको आधारमा मानवजातिको संस्कृतिको विकास कसरी भएको थियो भन्नै कुरा बुझनको निम्ति विभिन्न अवशेष तथा भग्नाववैशहरूको अध्ययन गर्ने व्यक्तिलाई पु्रातत्वविद्‌ भनिन्छ | यिनीहरू बस्ती, मन्दिर, उपकरण, भाँडाकुँडा, सिक्का, हातहतियार वा मूर्तिको जाँच गरी मानव सभ्यताको इतिहास खोजी गर्ने कार्य गर्छन्‌ । मानव अवशेष प्राप्त गर्न यिनीहरू उत्खनन गर्छन्‌ र प्राप्त वस्तुको तिथि पत्ता लगाउँदछन्‌ |

प्रमुख कार्यहरू (Major Tasks)

    • पुरातन समयमा प्रयोगमा आएका भौतिक अवशेष, स्मारकहरू र अन्य सांस्कृतिक अवशेषहरूको अध्ययन गर्ने, पुरातात्विक
    • ठाउँहरू भ्रमण गर्ने र पुरातात्विक स्थलको उत्खनन गरी कालक्रम निर्धारण गरी अध्ययन गर्नै
    • लोपोन्मुख शहरहरू, संरचनाहरू र अन्य प्राचीन बस्ती, शहरहरूको खोजी,अन्वेषण तथा सर्वेक्षण गर्ने र व्यवस्थित उत्खनन कार्य सञ्चालन गर्ने
    • पुरातात्विक महत्वको बारेमा निष्कर्ष र शोधपत्र लेख्ने, अनुसन्धान गर्ने
    • संग्रहालयमा एकत्रित लेख र अन्य प्रदर्शनको वर्णनात्मक सूची तयार गर्ने
    • पुरातत्वमा रूचि राख्ने विद्यार्थीहरू र अरूलाई प्रवचन दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    • कुनै स्थानको कला, संस्कृति तथा मानव विकासको इतिहास जान्ने अवसर
    • कला, संस्कृति, आदिको संरक्षणमा योगदान
    • थोरै मात्र पेशागत व्यक्तिहरू हुँदा यो पेशाको बढ्दो माग

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1): स्नातक तह उत्तीर्ण 

क्यारियर पथ (Career Path)

विकल्प १ (Option 1): पुरातत्व विषयमा

पिजीडी

विकल्प २ (Option 2): पुरातत्व विषय लिई

स्नातकोत्तर

विकल्प ३ (Option 3): संग्रहालय विषयमा

स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

पुरातत्व विभाग, संग्रहालय, पुरातत्व संरक्षणमा संलग्न गैरसरकारी संस्थाहरू,उत्खनन भइरहेको स्थान

क्यारियर विकास पथ (Career Developmment Path)

प्राध्यापक
अनुसन्धानकर्ता
 

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २५,००० देखि ३५,०००