करियरको नाम (Career Name)
आन्तरिक सज्जाकार (Interior Designer)
S
(Primary Potential)
विवरण (Definition)
पर्यावरणलाई ध्यानमा राखी उद्देश्य अनुरूप व्यापारिक, औद्योगिक, सार्वजनिक र आवासीय भवनको भित्री भागको साजसज्जा, डिजाइन र सोको योजना बनाउने दक्ष व्यक्तिलाई आन्तरिक सज्जाकार वा सजावटकर्ता भनिन्छ । उक्त कार्यले त्यहाँका मानिसहरूको लागि सहज किसिमले बाँच्न र काम गर्ने वातावरण बनाउँछ; उनीहरूको मन प्रफुल्लित बनाउँछ ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 निर्माण र सजावटबीच समन्वय गर्ने
🞄 सेवाग्राहीसँग परामर्श गरेर डिजाइनका उद्देश्य निर्धारण गर्ने
🞄 स्केच (रेखाचित्र) र डिजाइनको अवधारणा तयार गर्ने
🞄 सेवाग्राही, व्यवस्थापन, आपूर्तिकर्ता र निर्माण कर्मचारीहरूसँग डिजाइनसम्बन्धी समस्याहरूको समाधानको लागि छलफल गने
महत्व र फाइदाहरू (Importance and advantages)
आधुनिक प्रविधिको विकाससँगै आन्तरिक सजावटमा मानिसहरूको रूचि बढेकोले बजारमा आन्तरिक डिजाइनरको बढ्दो माग
🞄 आफ्नो सिर्जनशीलता उपयोग गर्ने अवसर
🞄 आफ्नै काम गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (S))
वाञ्छनीय योग्यता (Eligibility) | ||
क्यारियर पथ (Career Path) |
आन्तरिक डिजाइनिङ विषय (Bachelor in Designer, BID) मा स्नातक (३ वर्षे) |
|
कार्य क्षेत्र (Working Area) | भवन निर्माण कम्पनी, सिनेमा उद्योग, विज्ञापन एजेन्सी, समारोह व्यवस्थापन कम्पनी वा कार्यालय |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 आन्तरिक सज्जाको ठेकेदार |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. १२,०००— २०,००० |