पछाडी जानुहोस्

करियरको नाम (Career Name)

पत्रकार (Journalist)

L

(Primary Potential)

विवरण (Definition)

पत्रपत्रिका, टेलिभिजन, रेडियो र अन्य सञ्चार माध्यमबाट विभिन्न समाचार र सार्वजनिक मामिलाको छानबिन, व्याख्या, अनुसन्धान प्रकाशन र/वा प्रशारण गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    • साक्षात्कार, अनुसन्धान र अवलोकनका माध्यमबाट स्थानीय, र्राष्टिय र अन्तर्राष्टिय समाचारहरू एकत्रित गर्ने
    • समाचारपत्र र समयसापेक्ष प्रकाशन, रेडियो, टेलिभिजन वा अन्य प्रकाशनहरूमा संप्रेषित गर्न वा प्रसारण गर्नका लागि समाचार र समसामयिक घटनाहरूका टिपोट संकलन गर्ने, टिप्पणी गर्ने र प्रतिवेदन बनाउने (रिपोर्टिङ गर्ने)
    • सार्वजनिक कार्यक्रममा भाग लिने, अभिलेख राख्ने, तथ्यहरू खोज्ने, समीक्षा गर्ने र लेख्ने 
    • प्राप्त समाचार तथा अन्य तथ्यहरू प्रमाणीकरणको लागि विश्लेषण गर्ने
    • विशेष विषयमा विभिन्न लेख सामग्रीहरूको समीक्षा गरी सोको विश्लेषण र/वा संश्लेषण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • राष्ट्रको चौथो अंगको रूपमा हेरिने प्रतिष्ठित पेशा
    • विभिन्न घटनाहरूलाई नजिकबाट हैर्न पाइने
    • विभिन्न कार्यहरूमा सहभागी
    • जनसम्पर्क बढी हुने हुँदा विभिन्न व्यक्तिहरूसँग सम्बन्ध
    • नेपालमा हाल थुप्रै सञ्चार माध्यमहरूको स्थापना भएकोले प्रशस्त अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1):  माध्यमिक शिक्षा परीक्षा विकल्प २ (Option 2): कुनै पनि विषयमा दश जोड दुई

क्यारियर पथ (Career Path)

विकल्प १ (Option 1):  

पत्रकारितामा डिप्लोमा (3 वर्षे)
विकल्प २ (Option 2): पत्रकारितामा स्नातक

कार्य क्षेत्र (Working Area)

पत्रपत्रिका, वेबसाइट, रेडियो, टेलिभिजन, कलेज

क्यारियर विकास पथ (Career Developmment Path)

विकल्प १ (Option 1):  

पत्रकारितामा स्नातक, अनि स्नातकोत्तर

प्रशिक्षक

 

विकल्प २ (Option 2):

पत्रकारितामा स्नातकोत्तर

वरिष्ठ प्रत्रकार

प्राध्यापक

सम्पादक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १५,००० देखि ३०,०००