पछाडी जानुहोस्

करियरको नाम (Career Name)

जैविकचिकित्सा इन्जिनियर (Biomedical Engineer)

AL

(Primary Potential)

विवरण (Definition)

जैविकचिकित्सा वा बायोमेडिकल इन्जिनियरले कृत्रिम शारीरिक अङ्गहरूको निर्माण प्रविधिमा सुधार गर्ने, डायग्नोष्टिक विधिलाई सही (Accurate) बनाउन र औषधि उपभोग गर्न सहज बनाउने काम गर्ने व्यक्तिलाई जैविकचिकित्सा इन्जिनियर भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -जैविक र व्यवहारजन्य डाटा (Biologial and behavioural data) को विद्युतीय,यान्त्रिक, वा अन्य इन्जिनियरिङ सिद्धान्तसँगको सम्बन्धको अनुसन्धान गर्ने

    -यस प्रकारका जानकारीको उपयोग गरी कृत्रिम अङ्ग, कार्डियाक पेसमेकर, इमेजिङ उपकरण तथा यन्त्रहरू (जस्तै, एक्स रे मेसिन, सीटी स्क्यान मेसिन)को विकास गर्ने

    -बायोमेडिकल उपकरणहरूको परिचय मेडिकल वा अन्य स्वास्थ्य सेवा प्रदायकहरूमा गराउने

    -स्वास्थ्यसँग सम्बन्धित समस्याहरू समाधान गर्न कृत्रिम अङ्गदेखि चिकित्सकीय उपकरण आदिको डिजाइन   तथा विकास गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    चिकित्सा क्षेत्रमा पविधिको विकाससँगै जैविकचिकित्सा इन्जिनियरको माग बढ्दो

    विज्ञान र प्रविधिसँग काम गर्ने अवसर पाप्त

    रोजगारीको अवसर पर्याप्त

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)             विकल्प २ (Option 2)

 

माध्यमिक शिक्षा परिक्षा              जीवविज्ञानमा दश जोड दुई

क्यारियर पथ (Career Path)

१. जैविकचिकित्सामा डिप्लोमा (३ वर्षे)         १. जैविकचिकित्सामा स्नातक

 

२. जैविकचिकित्सामा स्नातक

कार्य क्षेत्र (Working Area)

अस्पताल, रासायनिक उद्योग, अनुसन्धान संस्थान, शैक्षिक संस्थान, कुत्रिम अङ्ग

निर्माण कम्पनी

क्यारियर विकास पथ (Career Developmment Path)

जैविकतचिकित्सामा स्नातकोत्तर

जेविकत्चिकित्स इन्जिनियर

प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २५,००० - ३५,०००