पछाडी जानुहोस्

करियरको नाम (Career Name)

चार्टर्ड एकाउण्टेन्ट. सी.ए. (Chartered Accountant, CA)

AL

(Primary Potential)

विवरण (Definition)

चार्टर्ड एकाउण्टेन्ट भनेको लेखा विशेषज्ञ हुन्, जसले कम्पनीको खाताको जाँच(अडिटिङ्गी र लेखाका क्राहरूमा सल्लाह दिने, कम्पनीको खातालाई देशको नियमकानून अनुसार पालन गर्न लगाउने कार्य गर्दछन् |

प्रमुख कार्यहरू (Major Tasks)

    -व्यवस्थापन, शेयरधनी र वैधानिक वा अन्य निकायलाई वित्तीय विवरणको प्रस्तुतीकरण र प्रमाणीकरण   

     तयार गर्ने

    -बजेट र खाताहरूको स्थापना गर्ने र नीति र प्रणालीहरूको निर्माण र नियन्त्रण गर्ने

    -कर फिर्ताको तयारी TH, करको समस्यामा सल्लाह दिने र विवादित करका विषयमा स्पष्टीकरण दिने

    -नाफा पूर्वानुमानको प्रतिवेदन तयार गर्ने

    -वित्तसम्बन्धी योजनामा सल्लाह दिने

    - एकाउण्टेन्ट र व्यवस्थापन सल्लाहकारको रूपमा सेवा दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    रोजगारीको प्रबल सम्भावना

    आंशिक (Part time) वा पूर्ण (Full time) समयावधिको रोजगारीको अवसर

    आफ्नै अडिट फर्म खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

दश जोड दई

क्यारियर पथ (Career Path)

चर्टर्ड एकाउन्टेन्सी प्रोफेसनल डिप्लोमा (5 वर्ष)

कार्य क्षेत्र (Working Area)

वित्तीय तथा बीमा कम्पनी, बैंकिङ्ग क्षेत्र, कोअपरेटिभ, योजना र व्यवस्थापन क्षेत्र,

लेखा परीक्षण कार्यालय, अडिट फर्म

क्यारियर विकास पथ (Career Developmment Path)

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट

वित्त सल्लाहकार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 40,000-50,000