पछाडी जानुहोस्

करियरको नाम (Career Name)

टूर गाइड (Tour Guide)

L

(Primary Potential)

विवरण (Definition)

टूर गाइड यस्तो व्यक्ति हो जसले पर्यटकहरूलाई सहायता गर्दछन् । आन्तरिक वा विदेशी पर्यटकहरूलाई विविध सांस्कृतिक, ऐतिहासिक र भौगोलिक स्थलहरूबारे जानकारी गराउनुको साथै ती स्थानको तथ्य एवं विशेषता वर्णन गर्ने व्यक्ति टूर गाइड हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    🞄 पर्यटकलाई लोकप्रिय र अद्वितीय संग्रहालय, मन्दिर, भवन र मूर्ति आदिबारे चिनाउने र परिचय गराउने
    🞄 धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र, स्थल, स्मारक जस्ता ठाउँहरूको शोध गर्ने, तथ्यहरूको जानकारी दिने र अतिथिको जिज्ञासा र प्रश्नको उत्तर दिने
    🞄 पर्यटकहरूको भ्रमण व्यवस्थित र सुरक्षित राख्न योजना बनाउने
    🞄 आगन्तुकलाई स्वागत अभिवादन गर्ने
    🞄 पर्यटकलाई महत्वपूर्ण जानकारी दिने, सुरक्षा संयन्त्रबारे बताउने, सम्बन्धित नीतिनियमको बारेमा जानकारी राख्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    🞄 नेपाल पर्यटनको ठूलो बजार भएकोले तुरुन्त पेशामा जान सकिने
    🞄 विभिन्न अन्तर्राष्ट्रिय व्यक्तिहरूसँग घुलमिल हुने र तिनीहरूको रहनसहन र जीवनशैलीबारे जानकार हुने अवसर
    🞄 अन्तर्राष्ट्रिय भाषामा दखल भएमा काम पाउने सम्भावना बढी
    🞄 देशको विभिन्न स्थानको भ्रमण गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कुनै पनि विषयमा स्नातक

क्यारियर पथ (Career Path)

१. दश हप्तादेखि तीन महिनासम्मको टूर गाइडको तालीम (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा नेपाल एकेडमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टबाट) र
२. सम्बन्धित भाषामा निपुणता

कार्य क्षेत्र (Working Area)

ट्राभल/ट्रेकिङ एजेन्सीहरू पर्यटन बोर्ड र सरकारी विभाग

क्यारियर विकास पथ (Career Developmment Path)

🞄 पर्यटक व्यवसायी
🞄 ट्राभल्स एजेन्सी सञ्चालक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २०,०००—३०,०००