पछाडी जानुहोस्

करियरको नाम (Career Name)

बेमौसमी तरकारी उत्पादक (Off Season Vegetable producer)

PM

(Primary Potential)

विवरण (Definition)

तरकारी उत्पादन हुने निश्चित मौसम अगाडि वा पछाडि खेती गरी ताजा तरकारीको अभाव पूर्ति गर्ने किसानलाई बेमौसमी तरकारी उत्पादक भनिन्छ । यस्तो तरकारी उच्च मूल्यमा बिक्री हुन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    - तरकारीको ब्याड राख्न उपयुक्त जमीन छनोट गर्ने
    -उपयुक्त जमीनमा प्रशस्त मात्रामा मल राखेर छानिएका बिउबाट बेर्ना 
    उत्पादन गर्ने 
    - बिरुवा हुर्कन चाहिने तापक्रम कायम गर्न बाँसको सहयाताले प्लाष्टिक 
    राम्रोसँग बाँधी प्लाष्टिक घर (टनेल) को निर्माण गर्ने 
    - त्यसरी निर्माण गरिएका प्लाष्टिक घरभित्र राम्रोसँग मल मिसाई माटोको 
    तयारी गरेर त्यसमा स्वस्थ बिउ÷बेर्ना सार्ने 
    - सिँचाइका लागि उपयुक्त व्यवस्था गर्ने, यथेष्ट मलजल तथा गोडमेल गर्ने 
    तथा उकेरा लगाउने 
    - रोग तथा किरा, फट्याङ्ग्राबाट जोगाउन विषादी, जाली आदि प्रयोग गर्ने 
    - तरकारी टिप्ने र उचित बजारभाउ गरी त्यसको बेचबिखन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -हरेक मौसममा काम पाइने
    - तरकारीको खपत सधै भइरहने
    - आफ्नै गाउँ ठाउँमा बसेर काम गर्न पाइने
    - आफ्नै व्यवसाय गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५ पास

क्यारियर पथ (Career Path)

१. बेमौसमी तरकारी उत्पादकको तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

कृषि फार्म, तरकारी पसल

क्यारियर विकास पथ (Career Developmment Path)

-तरकारी वितरक 
- तरकारी तथा कृषिसँग सम्बन्धित अन्य खाद्य वस्तुको उत्पादक तथा वितरक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००