पछाडी जानुहोस्

करियरको नाम (Career Name)

मार्बल पोलिसर (Marble Polisher)

PM

(Primary Potential)

विवरण (Definition)

मार्बल/चिप्स तथा टायल जोडिसकेपछि त्यसलाई राम्रोसँग सफा गरी त्यसको सतहमा चमक आउने गरी पालिस गर्ने कार्यमा सीप हासिल गरेका कामदारलाई मार्बल/चिप्स पोलिसर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -कामको तालिका बनाई आवश्यक सामग्रीको पहिचान गर्ने, मेसिन तथा 
    औजारको अवस्था जाँच गर्ने, बिजुली आपूर्तिको व्यवस्था गर्ने र सुरक्षा 
    सामग्री प्रयोग गर्ने 
    - मेशिनको सहयताले मार्बल÷चिप्स् घोट्ने 
    - घोला प्रयोग गरी क्रेजी तथा चिप्स प्रयोग गरिएको सतह सफा गर्ने 
    - अम्ल (एसिड) तथा मैनको प्रयोग गरी सतहको पालिस गर्ने 
    - ग्रेनाइड सतहको पालिस गर्ने 
    - धार मेटाउन र मिलाउन मोल्डिङ गर्ने 

महत्व र फाइदाहरू (Importance and advantages)

    -निर्माण व्यवसायमा मार्बल चिप्स् तथा टायलको बढ्दो उपयोग हुने भएकोले 
    बजारमा धेरै माग
    - दिन गन्ति वा नापको आधारमा काम पाइने
    - विभिन्न निर्माण स्थलमा पुग्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५

क्यारियर पथ (Career Path)

१. मार्बल/चिप्स पोलिसको आधारभूत तालीम (४६० घण्टा)

कार्य क्षेत्र (Working Area)

भवन निर्माण स्थल

क्यारियर विकास पथ (Career Developmment Path)

-टायल/मार्बल पालिससम्बन्धी ठेकेदार
- निर्माण व्यवसायी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००- २०,०००