पछाडी जानुहोस्

करियरको नाम (Career Name)

मोटरसाइकल सर्भिस मिस्त्री (Motorcycle Mechanic)

PM

(Primary Potential)

विवरण (Definition)

मोटरसाइकलमा आउने विभिन्न समस्याको पहिचान गरी समाधान गर्ने तथा विभिन्न स्पेयरपार्ट्स फेरबदल गर्न सक्ने सीप भएका प्राविधिक मोटरसाइकल सर्भिस मिस्त्री हुन् । यी मिस्त्रीले साधारण मर्मतको काम मात्र गर्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -मोटरसाइकल तथा स्कुटर मर्मतमा प्रयोग हुने विभिन्न औजार तथा 
    उपकरणहरूको जानकारी लिई तिनीहरूको उपयोग गर्ने
    - ट्रान्समिसनलाई लुब्रिकेसन (चिप्लो बनाउने) कार्य गर्न इन्जिनमा लाग्ने 
    उपयुक्त लुब्रिकेसन तेलको छनौट गर्ने, पुरानो गेयरबक्सको तेल निकाली, 
    त्यसलाई सफा गरी नयाँ तेल हाल्ने 
    - फ्रोक तेल फेर्ने कार्य गर्न ह्यान्डिलमा भएको फ्रोक तेल भर्ने ठाउँको क्याप 
    खोली, पुरानो तेल फालेर सफा गरी, नयाँ तेल भर्ने र क्याप राम्रोसँग बन्द 
    गर्ने 
    - ब्रेक लिभर होल्डर, बे्रक केबल, ब्रेक पेडल, क्लच लिभर होल्डर, क्लच 
    केबल, साइड स्टेन्ड, चेन थ्रोटल केबल तथा ग्रिप आदिमा ग्रिजिङ गर्ने तथा 
    तेल हाली लुब्रिकेटिङ गर्ने विभिन्न भागमा ग्रीज लगाउने
    - एयर फिल्टर खोली त्यसमा जम्मा भएको धुलो तथा फोहोर सफा गर्ने 
    - ब्याट्री खोली त्यसको तार निकाली ब्याट्रीका तारका क्लाम्पहरू ठीक भए 
    नभएको जाँच गर्ने, ब्याट्रीका टर्मिनलहरू सफा गर्ने, डिस्टिल पानी फेर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको धेरै अवसर 
    - आफ्नै वर्कसप खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
८ कक्षा

क्यारियर पथ (Career Path)

१. मोटरसाइकल सर्भिस मिस्त्रीको तह १ को तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

मोटरसाइकल वर्कसप वा सोरुम, कलकारखाना वा उद्योग, यातायात व्यवस्थाको 
कार्यालय, मोटरसाइकल चलाउन सिकाउने तालीम केन्द्र

क्यारियर विकास पथ (Career Developmment Path)

-टेक्निसियन 
- प्रशिक्षक 
- पार्टपुर्जाको व्यापारी 
- उद्यमी 

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००- २०,०००