पछाडी जानुहोस्

करियरको नाम (Career Name)

विद्युतीय उपकरण मर्मतकर्ता (Electrical Appliances Repairer)

PM

(Primary Potential)

विवरण (Definition)

विभिन्न प्रकारका विद्युतीय उपकरणहरू जस्तै, आइरन, हिटर, इलेक्ट्रिकल किट्ली, राइसकुकर, बोयलर, इलेक्ट्रिकल गिजर, पङ्खा आदिमा आउने समस्या पहिचान गरी मर्मत गर्ने व्यक्तिलाई विद्युतीय उपकरण मर्मतकर्ता भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -विद्युतीय सञ्चार प्रणालीसम्बन्धी उपलब्ध नक्साचित्र अध्ययन गरी त्यसमा 
    उपयोग हुने संकेतबारे ज्ञान राख्ने 
    - उपकरणमा आउन सक्ने समस्या पत्ता लगाउने, विद्युत् आपूर्ति इकाइका 
    पावर केबल, फ्युज, स्वीच, रेसिस्टेन्ट क्वायल, थर्मल स्वीच, क्यापासिटर 
    आदिका अवस्था जाँच गर्ने 
    - विविध समस्या समाधान गर्न पावर केबल, फ्युज, सेलेक्टर तथा माइक्रो 
    स्वीच, थर्मोस्टार्ट, ओभरलोड ब्रेकर, क्यापासिटर, केबल सुज, रेगुलेटर, 
    पेन्ट्रिफगल स्वीच, टाइमर, थर्मोम्याग्नेटिक स्वीच, सिङगल फेज एसी मोटर, 
    फ्यान ब्लेड, कार्बन ब्रस आदि उपकरण मर्मत गर्ने तथा ती उपकरणलाई 
    नयाँ उपकरणले प्रतिस्थापन गर्ने 
    - बनाएका उपकरणलाई ग्राहकसमक्ष पु¥याउनुभन्दा पहिले जाँच गर्ने, विद्युत् 
    आपूर्ति जाँच गर्ने 
    - उपकरणहरू सफा गर्ने 
    - अपनाउनुपर्ने पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी सावधानी अपनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बजारमा बढ्दो माग
    - रोजगारीको अवसर
    - आफ्नै व्यवसाय खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ८

क्यारियर पथ (Career Path)

१. विद्युतीय उपकरण मर्मतसम्बन्धी तह १ (४६० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

इलेक्ट्रिक कलकारखाना, विद्युतीय सामान निर्माण कम्पनी

क्यारियर विकास पथ (Career Developmment Path)

-टेक्निसियन 
- प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००