पछाडी जानुहोस्

करियरको नाम (Career Name)

सामुदायिक पशुपालन सहायक प्राविधिक (Community Livestock Assistant)

PM

(Primary Potential)

विवरण (Definition)

पशुपालन व्यवस्थापन, कुखुरा पालन, पशुहरूको प्रजनन तथा खुवाउने अभ्याससम्बन्धी उपकरण र विधिहरूको अध्ययन गर्ने व्यक्तिलाई सामुदायिक पशुपालन सहायक प्राविधिक भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -आवश्यक विभिन्न औजार, उपकरण र सामग्रीहरूको उपयोगबारे जानकारी 
    लिई तिनको उपयोग गर्ने तथा साधारण मर्मत गर्ने 
    - पशु, पशु आहारा एवं पशु स्वास्थ्यको व्यवस्थापन गर्ने 
    - दूध तथा दुग्धपदार्थ उत्पादन एवं वितरणको व्यवस्थापन गर्ने 
    - पशु नस्ल सुधार गर्ने 
    - स्वस्थकर र पेशागत सुरक्षाका उपायहरू अपनाई सामुदायिक पशुसेवा 
    व्यवस्थापन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -स्थानीय स्रोत र साधनको उपयोग गरी गर्न सकिने
    - ग्रामीण भेगमा कृषकलाई सहयोग गर्ने अवसर
    - स्वस्थ दूध र मासु उत्पादनमा मद्दत

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

१. सामुदायिक पशुपालन सहायकको तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

सामुदायिक पशुपालन केन्द्र, गोठ

क्यारियर विकास पथ (Career Developmment Path)

-सामुदायिक पशुपालन सहायक प्राविधिक (५२० घण्टा) को तालीम लिई 
सोही अनुसारको कार्य
-आफ्नै पशुपालनको व्यवसाय 
-प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००