पछाडी जानुहोस्

करियरको नाम (Career Name)

सोलार बिजुली प्राविधिक (Solar PV Technician)

PM

(Primary Potential)

विवरण (Definition)

बिजुलीको लाइन (प्रसारण) उपलब्ध नहुने र भएका ठाउँमा पनि लोडसेडिङ (बिजुली कटौती) को समस्याको हलको रूपमा सौर्य ऊर्जा भएको छ । यसरी गाउँघर तथा सहरबजारमा सोलार बिजुलीका लागि आवश्यक उपकरण जोडी त्यसबाट बिजुली प्रवाह गराउने प्राविधिक भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -सोलार पीभी मोड्युल/प्यानललाई अत्याधिक सौर्यशक्ति प्राप्त हुने दिशामा 
    जडान गर्ने 
    - चार्ज नियन्त्रण गर्ने उपकरण जडान गर्ने 
    - ब्याट्री जडान गर्ने 
    - बत्ती बाल्न आवश्यक वायरिङलाई एक आपसमा जोड्ने 
    - सौर्यबिजुलीबाट बत्ती बाली त्यसको सफलताको जाँच गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -विद्युत् जडान नभएका वा नियमित विद्युत् प्रसारण हुने सम्भावना कम 
    भएकोले यस वृत्तिको बढ्दो माग
    - दुर्गम स्थानमा उज्यालोको व्यवस्था गर्न पाइने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ८

क्यारियर पथ (Career Path)

१. सोलार बिजुली प्राविधिकसम्बन्धी तह १ (४६० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

सोलार बिजुली उद्योग, सोलार बिजुली पसल, सोलार बिजुली कम्पनी

क्यारियर विकास पथ (Career Developmment Path)

-कार्य अनुभवसहित तह २ को तालीम 
लिएर सो अनुसार कार्य गर्ने
- सोलारसम्बन्धी कार्यको ठेकेदार
- सोलार सामग्री व्यवसायी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००