पछाडी जानुहोस्

करियरको नाम (Career Name)

सुरक्षाकर्मी वा गार्ड (Security Guard)

PM

(Primary Potential)

विवरण (Definition)

कुनै संस्थाको बहुमूल्य सामान, धनसम्पत्ति वा ज्यानको सुरक्षा गर्ने व्यक्तिलाई सुरक्षाकर्मी हुन् । यिनले असामाजिक तत्वहरू, आपराधिक क्रियाकलापबाट र धनमाल बिग्रनबाट जोगाउन काम गर्दछन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -परिसरको सुरक्षा व्यवस्था गर्ने
    - कर्मचारीहरू, आगन्तुकहरू र अन्य व्यक्तिहरूको आवतजावत निगरानी गर्ने 
    र चोरीचकारीबाट जोगाउने 
    - दिमाग र शरीरलाई चुस्त र फूर्तिलो बनाइरहने
    - त्यहाँका सबै मानिस तथा धनमालबारे चासो राख्नुपर्ने 
    - आगलागी, लुटपाट, चोरी आदि आपत्कालिन अवस्थाहरूमा प्रहरी वा आगो 
    नियन्त्रण विभागलाई खबर गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -जिम्मेवारीपूर्ण काम गर्ने अवसर
    - आत्मरक्षाका तरिकाहरूबारे ज्ञान

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
८ कक्षा

क्यारियर पथ (Career Path)

१. सुरक्षा गार्डसम्बन्धी तह १ (४६० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

बैंक, सुनचाँदी पसल, विद्यालय, छात्रावास, अस्पताल

क्यारियर विकास पथ (Career Developmment Path)

-सुरक्षासम्बन्धी प्रशिक्षक
- सुरक्षासम्बन्धी तालीम केन्द्र सञ्चालन

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००