पछाडी जानुहोस्

करियरको नाम (Career Name)

हजाम वा नाई (Barber)

PM

(Primary Potential)

विवरण (Definition)

ग्राहकको कपाल काट्ने वा छोट्ट्याउने, कपाल रंगाउने आदि काम गर्ने पेशागत व्यक्तिलाई हजाम वा नाई भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -कपालमा स्याम्पु लगाई सफा गर्ने 
    - कपाललाई विभिन्न स्टाइलमा काट्ने, कपाल मुन्डन गर्ने 
    - जुँगा, दाह्री पूर्ण रूपमा काट्ने वा छोट्ट्याउने 
    - कपाललाई रङ्गाउने 
    - कपाल काट्ने औजारलाई जीवाणुरहित बनाउने 
    - कपाल काट्ने सैलुनलाई सफासुग्घर राख्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बजारमा माग सँधै रहिरहने
    - थोरै लगानीबाट आफ्नै व्यवसाय खोल्न सकिने
    - आफ्नो समय अनुकूल काम गर्न सकिने
    - विभिन्न व्यक्तिलाई सुन्दर बनाउने अवसर
    - धेरै थरिका व्यक्तिहरूसँग कुराकानीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
सामान्य लेखपढ

क्यारियर पथ (Career Path)

१. सहायक हजामको तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

कपाल काट्ने पसल

क्यारियर विकास पथ (Career Developmment Path)

अनुभव भएमा प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००