करियरको नाम (Career Name)
बिल्डिङ इलेक्ट्रिसियन (Building Electrician)
PM
(Primary Potential)
विवरण (Definition)
भवन, बस्ती, बाटोघाटो आदिमा विद्युतीय तारहरू र संयन्त्र जडान गर्ने, बिजुलीको लाइन र उपकरण मर्मत सम्भार गर्ने व्यक्तिलाई बिल्डिङ इलेक्ट्रिसियन भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-लिस्टी तथा पीभीसी केसिङ प्रयोग गरी बाहिरी वायरिङ गर्ने
- प्लास्टिक तथा धातुका पाइप प्रयोग गरी भित्री वायरिङ गर्ने
- विद्युतीय सामान तथा उपकरण जस्तै टिभी, टेलिफोन आदि जडान गर्ने
- विद्युत्को मिटर एमसिभी, फ्युज, मेन स्वीच आदि फिट गर्ने
- साधारण अर्थिङ गर्ने
- सुपरभाइजरको सल्लाह अनुसार जडित विद्युतिय सामानहरू तथा
उपकरणको जाँच गरी उपयोगका लागि योग्य बनाउने
महत्व र फाइदाहरू (Importance and advantages)
-आधुनिक भवन निर्माणसँगै यसको बढ्दो माग
-रोजगारीको प्रबल अवसर
- सानो लगानीमा आफ्नै व्यवसाय गर्न सकिने
- वैदेशिक रोजगारको समेत अवसर
- जनसम्पर्क बढ्ने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. जुनियर बिल्डिङ इलेक्ट्रिसियन तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | निर्माण कम्पनी, बिजुली पसल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-कार्य अनुभव सहित तह २, ३ र ४ को |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००-२५,००० |