पछाडी जानुहोस्

करियरको नाम (Career Name)

प्लास्टरर (Plasterer)

PM

(Primary Potential)

विवरण (Definition)

गारो, भित्ता, भुइँ, सतह आदिमा प्लास्टरका लागि उपयुक्त सतह तयार पार्ने, बालुवा, सिमेन्ट र पानीको सही मात्रा मिलाएर मसला बनाउने र भित्री र बाहिरी भित्ता, छत, भुइँ आदिमा मसला लेपन गर्ने मिस्त्रीलाई प्लास्टरर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -खट बाँधेर उचाइमा काम गर्न मिल्ने व्यवस्था मिलाउने र काम सकिएपछि 
    खट हटाउने 
    - प्लास्टर गर्ने सतह सम्याउने, मिलाउने 
    - प्लास्टरका लागि चाहिने मसलाको सम्मिश्रण तयार गर्ने 
    - भित्री, बाहिरी भित्ता, भुइँ, छत आदि आवश्यक भागमा प्लास्टर गर्ने, टिप्कर 
    गर्ने तथा चर वा प्वाल टाल्ने काम गर्ने 
    - सामान्य नाप तथा क्षेत्रफल निकाल्ने 
    - प्लास्टर पेशाअन्तर्गत अपनाउनुपर्ने पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी 
    सावधानी अपनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बढ्दो माग
    - सानो सानो काम प्रायः सधैँ आइरहने
    - दिन गन्ति वा गरेको कामको क्षेत्रफल नापेर आम्दानी हुने
    - विभिन्न मानिसहरूसँगको सम्पर्क

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५

क्यारियर पथ (Career Path)

१. प्लास्टरसम्बन्धी तह १ (३९० घण्टा)को तालीम

कार्य क्षेत्र (Working Area)

भवन निर्माण स्थल

क्यारियर विकास पथ (Career Developmment Path)

-प्लास्टरसम्बन्धी ठेकेदार 
- निर्माण व्यवसायी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२०,०००