पछाडी जानुहोस्

करियरको नाम (Career Name)

प्लम्बर (Plumber)

PM

(Primary Potential)

विवरण (Definition)

पानी वितरणसम्बन्धी निर्माण कार्य गर्ने व्यक्तिलाई प्लम्बर भनिन्छ । विस्तृत रूपमा भन्दा, पानीका पाइप जडान तथा मर्मत गर्ने, पुराना पाइप फेरी नयाँ पाइप जडान गर्ने, पाइपका फिटिङ्स, भल्भ आदि जडान गर्ने व्यक्तिलाई प्लम्बर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -उचित मेसिनको प्रयोग गरी आवश्यक लम्बाइमा पाइप नाप्ने, काट्ने, कस्ने, 
    एक आपसमा जोड्ने, अड्काउने, प्वाल बनाउने, चुरी काट्ने
    - एचडीपी पाइप, युपी भीसी, सिपीभिसी पाइप, पीपीआर पाइप, जीआई पाइप 
    र यिनका फिटिङ्स जस्तै, सकेट, एल्बो, टी, निप्पल, रिड्युसर, आदि जडान 
    गर्ने 
    - किल्लाको प्रयोग गरी पाइपलाई सही तरिकाले सही ठाउँमा जडान गर्ने 
    - पानी चुहिएको, नचुहिएको जाँच गर्ने, बाथरुम तथा भान्सामा बेसिन फिट 
    गर्ने
    - प्लम्बर पेशाअन्तर्गत अपनाउनुपर्ने पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी 
    सावधानी अपनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -राम्रो आयआर्जन गर्न सकिने
    - भवन निर्माण जस्ता कार्यहरूको बढ्दो मागसँगै प्लम्बरको बढ्दो माग 
    - आंशिक समय वा पूर्णसमय दुवै तरिकाले काम गर्न 
    सकिने
    - थोरै लगानीमा आफ्नै काम गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. प्लम्बरको तह १ (३९० घण्टा) को तालीम 
२. पेशागत प्लम्बर (१६९६ घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

भवन निर्माण कम्पनी तथा स्थल, निजी घरहरू, विविध कार्यालयहरू

क्यारियर विकास पथ (Career Developmment Path)

-कार्य अनुभव सहित तह २ र ३ को तालीम लिएर सो अनुसार कार्य 
- प्रशिक्षक 
- प्लम्बरसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००