पछाडी जानुहोस्

करियरको नाम (Career Name)

तारजाली (ग्याबियन, बुनकर) (Gabian)

PM

(Primary Potential)

विवरण (Definition)

आयताकार, गोलो वा सिलिण्डर जस्तो आकारमा तार बाँधी त्यसभित्र ढुंगा, चट्टानका टुक्राहरू वा कहिलेकाँही माटो वा बालुवा हालेर बनाइएको संरचनालाई ग्याबियन वा तारजाली भनिन्छ । यस्ता ग्याबियनहरू पहिरो रोक्न, पर्खालको रुपमा, बगंैचामा र आर्मी क्याम्पमा उपयोग गरिन्छ । यस्ता जालीको ढाँचा तयार गर्ने, यससँग सम्बन्धित विविध औजारहरूबारे परिचित भई आवश्यकतानुसारको तारजाली निर्माण गर्ने व्यक्तिलाई तारजाली बुनकर वा ग्याबियन बुनकर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -तारजाली बुनाइमा उपयोग हुने इन्चिटेप, पेन्चिस, बन्चरो, डाइबार जस्ता 
    औजार तथा उपकरणको जानकारी लिने
    - ती उपकरणहरूको जाँच, मर्मतसम्भार गर्ने तथा तिनको राम्रोसँग 
    राखनधरण गर्ने
    - तारजाली बुन्ने कार्यमा हुनसक्ने खराबीको पहिचान गर्ने र सुरक्षाका उपाय 
    अपनाउने 
    - फालिएको सामान (तारका टुक्राहरू) को व्यवस्थापन गर्ने र कार्यक्षेत्र सफा 
    राख्ने
    - ग्याबियन बुन्नको लागि स्थान तयारीको प्रबन्ध गर्ने 
    - ग्याबियन तारको रिंग बनाउने 
    - जाली बनाइसकेपछि बाँसको ढाँचाबाट बुनेको जाली हटाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको प्रशस्त अवसर
    - निर्माणसम्बन्धी कार्य 
    - विभिन्न स्थानमा जाने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. ग्याबियन बुनकरको तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

ढाका उद्योग, पसल

क्यारियर विकास पथ (Career Developmment Path)

सुपरिवेक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००