पछाडी जानुहोस्

करियरको नाम (Career Name)

डेरी उत्पादक/मिठाइ मिस्त्री (Dairy product/Sweets Maker)

PM

(Primary Potential)

विवरण (Definition)

दूध तथा दूधबाट बन्ने विभिन्न मिठाइका परिकार तयार गर्न दूधलाई प्रशोधन गर्ने तथा दूधका परिकारहरू बनाउने र त्यसका लागि चाहिने उपकरण सञ्चालन गर्ने सीप भएका कामदार डेरी उत्पादक÷मिठाइ मिस्त्री हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -दूध संकलन गरी त्यसको गुणस्तर निर्धारण गर्न विभिन्न परीक्षण गर्ने 
    - दूध प्रशोधन गर्ने 
    - परिकारको लागि चाहिने सामग्रीको सूची बनाउने 
    - उपलब्ध सामग्रीलाई केलाई, सफासँग धोइपखाली गरी चाहिने आकारमा काट्ने 
    - दूधका विभिन्न उत्पादन जस्तै, दही, नौनी, क्रिम, घिउ, लस्सी, पनिर, छुर्पी 
    जस्ता परिकार बनाउने 
    - रसबरी, बर्फी, लालमोहन, कालाजामुन, कलाकन्द, दुधमलाइ, पेडा, गुँदपाक, 
    पुष्टकारी आदि मिठाइका परिकार बनाउने 
    - खीर, गाजरको हलुवा, दहीसहितको फ्रुट सलाद जस्ता डेजर्ट (भोजनपछि 
    खाइने मिष्ठान्न) का परिकार बनाउने 
    - दूध प्रशोधन गर्ने तथा चिस्याउन प्रयोग हुने उपकरण सञ्चालन गर्ने तथा 
    तिनको सामान्य मर्मत गर्ने
    - बनाएको परिकारलाई स्वस्थकर तरिकाले भण्डारण गरी ग्राहकको रूचि 
    अनुसार उपलब्ध गराउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -कामको बढ्दो माग 
    - घरमै उत्पादन हुने कच्चा पदार्थको उपयोग 
    - आंशिक तथा पूरै समय दिन सकिने
    - एकै ठाउँमा काम गर्न सकिने
    - परिवार नै संलग्न हुन सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ७

क्यारियर पथ (Career Path)

१. डेरी उत्पादक/मिठाइ मिस्त्रीसम्बन्धी तह १ (५५० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

साना होटल, मिठाई पसल

क्यारियर विकास पथ (Career Developmment Path)

-डेरी उत्पादक÷मिठाइ मिस्त्रीसम्बन्धी तह 
२ को तालीम लिई सो अनुसारको काम
- मिठाइ प्रशिक्षक
- मिठाइ पसल सञ्चालक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००