पछाडी जानुहोस्

करियरको नाम (Career Name)

डकर्मी (Mason)

PM

(Primary Potential)

विवरण (Definition)

इँटा जोड्न मसला (बालुवा र सिमेन्टको घुलन) तथा कङ्क्रिट (गिट्टी, बालुवा र सिमेन्टको मिश्रण) आवश्यक मात्रामा तयार गर्ने, आवश्यक किसिमका बन्ध (बोन्ड) इँटाको सीधा गारो (भित्ता, पर्खाल) निर्माण कार्य गर्ने व्यक्तिलाई डकर्मी भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -विभिन्न निर्माण सामग्रीको पहिचान गर्ने 
    -विभिन्न प्रकारका गारो बनाउँदा मसला बनाई इँटा वा ब्लक प्रयोग गर्ने 
    - दिइएको नक्साबमोजिम भुईंमा रेखांकन गर्ने 
    - इँटा वा ब्लकबाट बनाइने विभिन्न प्रकारका गारो पहिचान गर्ने र इङ्गिलस 
    जोडाइ, बेपा जोडाइ, फ्लेमिस जोडाइ र त्वापा जोडाइमा बन्ध बनाउने 
    - भवन, सिँचाइ, खानेपानी, सडक संरचना आदिसँग सम्बन्धित इँटा तथा 
    कंक्रिट ब्लकको गारो बनाउने 
    - भुईं, भित्ता तथा छतमा प्लास्टर र टिप्का गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बजारमा बढ्दो माग
    - रोजगारीको प्रशस्त सम्भावना
    - अनुभव बढ्दै जाँदा ठेक्कापट्टा समेत गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. डकर्मीसम्बन्धी तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

भवन तथा निर्माण कम्पनी, भवन निर्माण स्थल, सडक निर्माण स्थल

क्यारियर विकास पथ (Career Developmment Path)

-कार्य अनुभव सहित तह २ र ३ सम्मको 
तालीम लिएर सो अनुसार कार्यक्षेत्र 
फैलाउन सक्ने
- प्रशिक्षक 
- इँटा गारोसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २०,०००-३०,०००