पछाडी जानुहोस्

करियरको नाम (Career Name)

टायल/मार्बल फिटर (Tile and marble fitter)

PM

(Primary Potential)

विवरण (Definition)

भवन, मठमन्दिरलगायतको निमार्णमा टायल, मार्बल, ग्रेनाइट, चिप्सजस्ता वस्तु प्रयोग गर्दा त्यसको जडान गर्ने मिस्त्री (कारिगर) नै टायल÷मार्बल फिटर वा टायल÷मार्बल लगाउने व्यक्ति हुन्

प्रमुख कार्यहरू (Major Tasks)

    -टायल, मार्बल, सिमेन्ट र बालुवाका किसिम तथा त्यसको गुणस्तरबारे 
    जानकारी राख्ने 
    - आवश्यक औजार, उपकरण सञ्चालन गर्ने 
    - टायल, मार्बल, क्रेजी चिप्स आदिलाई विविध स्वरूप (डिजाइन) मा भुईं तथा 
    भित्तामा लगाउने 
    - टायल, मार्बल जोइन्टलाई फिलर पदार्थले भर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको प्रबल अवसर
    - दिन गन्ति वा नापको आधारमा काम पाइने
    - विभिन्न निर्माण स्थलमा पुग्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५ 

क्यारियर पथ (Career Path)

१. टायल/मार्बल फिटसम्बन्धी तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

भवन निर्माण स्थल

क्यारियर विकास पथ (Career Developmment Path)

-टायल/मार्बल फिक्सर मिस्त्रीसम्बन्धी ठेकेदार
-निर्माण व्यवसायी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००