पछाडी जानुहोस्

करियरको नाम (Career Name)

जुनियर हाउस पेन्टर (Junior House Painter)

PM

(Primary Potential)

विवरण (Definition)

विभिन्न प्रयोजनका भवन तथा घरका गारो, भित्ता रङ्गाउने व्यक्ति नै जुनियर हाउस पेन्टर हुन् । पेन्टरले रङ्ग लगाउने सतहको आवश्यकता तयारी गर्ने, रङ्गहरूको आवश्यक मिश्रण तयार पार्ने, रङ्ग लगाउन आवश्यक खट बाँध्ने, डोरी बाँध्ने आदि काम गर्नुपर्छ । साथै, आफुभन्दा दक्ष पेन्टरलाई सहयोग गर्नु पनि यिनीहरूको जिम्मेवारी हो ।

प्रमुख कार्यहरू (Major Tasks)

    -इँटा, प्लाष्टर÷पनिङ तथा प्लाष्टर अफ पेरिसलाई रङ्ग लगाउन योग्य 
    बनाउने 
    - स्टील, काठ आदिको सतह खाक्सी, तार ब्रक प्रयोग गरी रङ्ग लगाउन योग्य 
    बनाउने 
    - पानी, तेल, थिनर जस्ता पदार्थ प्रयोग गरी रङ्गको प्रयोग गरी रङ्गको मिश्रण 
    तयार गर्ने
    - ब्रस, रोलर आदिको सहायताले तयार गरिएको सतहमा रङ्ग लगाउने 
    - अनावश्यक ठाउँमा लागेका रङ्ग, रङ्गका ब्रस, भाँडा आदि सफा गर्ने 
    - बलियोसँग डोरी बाँधेर खट तयार गर्ने र काम सकिएपछि हटाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको अवसर
    - सिर्जनशील कार्य 
    - दिन गन्ति वा नापको आधारमा काम पाइने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५ 

क्यारियर पथ (Career Path)

जुनियर हाउस पेन्टरसम्बन्धी तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

आवासीय तथा व्यापारिक भवनहरू र तिनका पर्खालहरू

क्यारियर विकास पथ (Career Developmment Path)

-कार्य अनुभवसहित हाउस पेन्टरको तालीम लिएर सो अनुसार कार्य 
- प्रशिक्षक
- रङ्ग पसल सञ्चालक
- रङ्गसम्बन्धीको ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००