पछाडी जानुहोस्

करियरको नाम (Career Name)

जुत्ता निर्माता वा सुमेकर (Shoemaker)

PM

(Primary Potential)

विवरण (Definition)

सबैभन्दा पहिले विभिन्न डिजाइनका छालाका जुत्ता तथा चप्पल बनाउन उपयुक्त छाला छनोट गरी डिजाइन अनुसारको नापमा चिह्न लगाई, आवश्यक सिलाइ गरी निश्चित नापका जुत्ता तथा चप्पल तयार गर्ने व्यक्ति जुत्ता निर्माता हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -आवश्यक औजार तयारी अवस्थामा राख्ने
    - जुत्ता तथा चप्पलको साधारण डिजाइन जस्तै तुना बाँध्ने जुत्ता, इलास्टिक 
    जुत्ता, फित्ता बाँध्ने र चप्पल बनाउने
    - जुत्ता, चप्पलको सोलभन्दा माथिल्लो भाग बनाउन उपयुक्त छालाको छनोट 
    गरी त्यसमा चिह्न लगाई काट्ने, स्काइभिङ (छालालाई पातलो बनाउने), 
    गुँद लगाई जोड्ने र आवश्यक सिलाई गरी फिनिसिङ दिने
    - जुत्ता चप्पलको तल्लो भाग बनाउन जुत्ता तथा चप्पलको सोल छनोट गरी 
    भित्री सोल बनाई काउन्टर र औंलाको भाग बनाउने
    - छालालाई सोलसँग सिलाएर राम्रोसँग सफा गरी पालिस गर्ने र प्याक गरी 
    भण्डारण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको बढ्दो अवसर
    - नेपालमा जुत्ता उद्योगहरूका भइरहेको विकास 
    - सिर्जनशील कार्य भएकोले आफ्नो सिर्जनाको प्रयोग गर्न पाइने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. सुमेकरसम्बन्धी तह १ ( ३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

छाला जुत्ता कारखाना

क्यारियर विकास पथ (Career Developmment Path)

-कार्य अनुभव सहित तह २ को तालीम लिएर सो अनुसार कार्य 
-प्रशिक्षक
- जुत्ता मर्मतसम्बन्धी पसल
- जुत्ता कारखानाको सञ्चालक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २०,०००-३०,०००