पछाडी जानुहोस्

करियरको नाम (Career Name)

च्याउ उत्पादक (Mushroom Producer)

PM

(Primary Potential)

विवरण (Definition)

स्थानीय कच्चा पदार्थ र स्रोत प्रयोग गरी विभिन्न प्रकारका च्याउ उत्पादन गर्नुका साथै च्याउको संरक्षण गर्ने र बिक्री वितरण गर्ने व्यक्ति च्याउ उत्पादक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -च्याउ उत्पादन गर्न संरचना (फार्म लेआउट) बनाउने, मल बनाउने ठाउँ र 
    घर निमार्ण गर्ने
    - कन्ये च्याउ उमार्न उपयोग हुने पराललाई बराबर आकारमा टुक््रयाई भुसा 
    बनाउने, त्यसलाई पानीमा भिजाउने, तर्काउने र समान चिस्यान कायम गर्ने
    - बाफद्वारा निर्मलीकरण गरिएको भुसालाई सही गेज र सही आकृतिको 
    प्लास्टिक ब्यागमा तहतहमा खाँदी त्यसमा च्याउको स्वस्थ बिउ रोप्ने
    - ढुसी (च्याउको रेसा) बढ्न र च्याउ फल्न दिन आद्रता ठिक मात्रमा कायम 
    राख्ने, तापक्रम मिलाउने, च्याउ उम्रन थालेपछि प्लाष्टिकको ब्याग खोल्ने र 
    आवश्यक प्रकाश, आद्रता र हावा छिर्ने व्यवस्था गर्ने 
    - गोब्रे च्याउ उत्पादन गर्न मल बनाउने, ब्याड बनाउने, बिज रोप्ने, पानी 
    छर्ने र कोठाको चिस्यान तथा तापक्रम मिलाउने, ढुसी राम्रोसँग फैलाउन 
    बाली व्यवस्थापन प्रक्रिया अनुशरण गर्ने 
    - उत्पादनपछिका काम जस्तै च्याउ टिपेर सफा गर्ने र सुकाउने, वर्गीकरण 
    गर्ने र प्याकेट बनाउने 
    - च्याउको बिक्री वितरण गन

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको बढ्दो अवसर
    - स्वरोजगार हुन सकिने 
    - च्याउको बाह्रै महिना माग भइरहने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
साधारण लेखपढ

क्यारियर पथ (Career Path)

. च्याउ उत्पादनसम्बन्धी तह (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

च्याउ कृषि फार्म

क्यारियर विकास पथ (Career Developmment Path)

-च्याउ वितरक
- प्रशिक्षक
- कृषिसम्बन्धी अन्य विषयमा आफ्नो 
-वृत्ति विस्तार गर्न सकिने

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २०,०००-३०,०००