करियरको नाम (Career Name)
मनोविमर्शकता (Psychosocial Counselor)
P
(Primary Potential)
विवरण (Definition)
मानिसको व्यक्तिगत र अन्तरवैयक्तिक पक्रिया वा कामकाजलाई सहजीकरण गर्ने काममा केन्द्रित भई व्यक्तिको भावनात्मक, सामाजिक, व्यवहारिक समस्याहरूलाई हल गर्न वा न्यूनीकरण गर्न र/वा ती समस्याहरूको असरलाई व्यवस्थित गर्न सेवाग्राहीलाई सहयोग गर्ने व्यक्तिलाई मनोविमर्शकर्ता भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-सेवागाहीलाई भावनात्मक सहयोग र मनोविमर्शको सीप, प्रक्रिया र तरिका उपयोग गरी मनोविमर्श सेवा प्रदान गर्ने
-विभिन्न आरामदायी अभ्यास गराउने
-मनोविमर्श केन्द्र तथा कोठाको व्यवस्थापन गर्ने
-सेवाग्राहीको प्रगति निरीक्षण, दौंतरी सुपरिवेक्षण गरी मामिलालाई सही रूपमा अगाडि बढाउने
-सेवागाहीलाई आवश्यकतानुसार उपयुक्त सम्बन्धित ठाउँमा सिफारिस गर्ने
-आवश्यक कागजातहरू व्यवस्थित गर्ने, अभिलेख राख्ने
-मनोसामाजिक स्वास्थ्यको प्रवर्धन र मानसिक समस्या वा रोगको रोकथामको लागि जनचेतनामलक कार्यक्रम, पैरवी, जस्ता आवश्यक कदम चाल्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-अहिलेको बजारमा बढदो माग, धेरै क्षेत्रमा खपत हुने पेशा
-रुचिकर, मानव विज्ञानबारे जानकारी हुने
-आफ्नो व्यक्तिगत क्षमतामा वृद्धि हुने अवसर
-आत्मसन्तुष्टि हुने
-समुदायमा काम गर्न सजिलो हुने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))
वाञ्छनीय योग्यता (Eligibility) | दश जोड दई कनै पनि विषयमा स्नातक मनोविज्ञानमा स्नातक |
|
क्यारियर पथ (Career Path) |
१. मनोविमर्शको १. पोस्ट ग्रयाजुएट डिप्लोमा १. क्लिनिकल वा आधारभूत तालीम (PGD) काउन्सेलिङ मनोविज्ञानमा स्नातकोत्तर (७८० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | विद्यालय, कलेज, वृद्धाश्रम, बालगृह, संरक्षण केन्द्र वा पुनर्स्थापना केन्द, अस्पताल, निजी स्वास्थ्य सेवा केन्द्र, महिला प्रहरी सेल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-सामुदायिक मनोविमर्श क्लिनिकल मनोविमर्श वा -समुदायमा काउन्सेलिङ मनोविमर्शमा स्नातकोत्तर विकल्प १र २ को साथै प्रशिक्षक मनोसामाजिक अधिकृत साइकोथेरापिस्ट प्रशिक्षक वरिष्ठ मनोविमर्शकर्ता प्राध्यापक मामिला व्यवस्थापक/संयोजक अनुसन्धानकर्ता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | ३५,०००-४५,००० |