पछाडी जानुहोस्

करियरको नाम (Career Name)

मन्टेस्सरी शिक्षक/शिक्षिका (Montessori Teacher)

P

(Primary Potential)

विवरण (Definition)

प्राथमिक तहको शिक्षा लिने उमेरभन्दा मुनिका बालबालिकाहरूको सामाजिक, शारीरिक र बौद्धिक विकासलाई वैकल्पिक खेल विधिको माध्यमबाट बढावा दिने व्यक्ति मन्टेस्सरी शिक्षक/शिक्षिका हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -अनौपचारिक रूपमा रमाइलोसँग साना बालबालिकाहरूलाई आधारभूत ज्ञानदिन र सीप सिकाउन दैनिक शिक्षण पाठयोजना तयार गर्ने

    -आवश्यक शैक्षिक सामगीको विकास गर्ने

    -कक्षाकोठाको व्यवस्थापन गर्ने, पाठयक्रम अनुसार विभिन्न विषयका विषयवस्तु रोचक रूपमा प्रस्तुत गर्ने

    -बालबालिकाको स्वास्थ्य स्थिति र सामाजिक कार्यमा संलग्नताको अवलोकन गर्ने र अभिभावकहरूलाई जानकारी गराउने

    -बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -स-साना बालबालिकाहरूसँग काम गर्ने अवसर

    -रोजगारीको अवसर

    -स्वरोजगारमा जान सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

१. मन्टेस्सरीसम्बन्धी तह १ (९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

पूर्वप्राथमिक विद्यालय, बालबालिका गृह, डे केयर सेन्टर

क्यारियर विकास पथ (Career Developmment Path)

-प्रशिक्षक

-वरिष्ठ मन्टेस्सरी शिक्षक वा शिक्षिका

-विद्यालय सञ्चालक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,०००-२०,०००