करियरको नाम (Career Name)
बिक्रेता (Salesperson)
P
(Primary Potential)
विवरण (Definition)
कुनै पनि संस्थाको सामान तथा सेवा बिक्री गराउने व्यक्तिलाई बिक्रेता भनिन्छ | बिक्रेताको सफलतालाई तोकिएको अवधिभित्र बिक्रीको परिमाणले जनाउँछ|
प्रमुख कार्यहरू (Major Tasks)
-ग्राहकको पहिचान गरी आवश्यकता अनुसार व्यवहार गर्ने र उनीहरूको मनोभावना बुझी आवश्यक वस्तुहरू उपलब्ध गराउने
-सरसामानहरूको तौल/नाप पदर्शन (Demonstration) गर्ने
-सूचनापाटी वा मूल्यसूची अध्यावधिक गरी ग्राहकहरूले खोजेका वस्तृहरूबारे बताउने, मोलतोल गर्ने र बिक्री गरेको सामान प्याकिङ गर्ने
-सुपरमार्केट वा पसलको बिक्री बिल, बिक्री फिर्ता बिल, खरिद बिल, खरिद फिर्ता बिल र थोकबिक्री बिल बनाउने
-नगद, चेक उधारो कारोबार गरी क्यास काउन्टर सम्हाल्नै
-सरसामानहरू माग तथा भन्डारको सूची रुजु गर्ने र उचित भण्डारणमा सहयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-बिक्रेताको बढ्दो माग
-रोजगारीको अवसरमा वृद्धि
-धेरै मानिसहरूसँगको चिनजान
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) साधारण लेखपढ |
|
क्यारियर पथ (Career Path) |
१. बिक्रेताको आधारभूत तालीम (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | वस्तु तथा सेवा उत्पादक कम्पनी, डिपार्टमेन्ट स्टोर, पसल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-प्रशिक्षक -सामान बिक्रीको ठेकेदार |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | १५,०००-२०,००० |